
दोर्ण के.सी.
दाङ, ३ फागुन ।
तुलसीपुर महोत्सवमा आज चर्चित गायक कृष्ण रेउले र गायिका भूमिका गिरीको प्रस्तुतिमा दर्शकहरु रमाएका छन् । शनिबार आयोजित कार्यक्रममा गायक कृष्ण रेउले र भूमिका गिरीले एकपछि अर्को लोकप्रिय गीत प्रस्तुत गर्दा महोत्सव स्थलमा उपस्थित दर्शकहरू रमाएका हुन् ।शनिबार दर्शकको भिडभाड अत्याधिक रहेको थियो । कार्यक्रममा उपस्थित दर्शकहरू भूमिका र कृष्ण रेउलेको प्रस्तुतिमा नाचगान गर्दै रमाएका थिए । दर्शकको संख्या दिनप्रतिदिन बढ्दै गएको

महोत्सव मूल आयोजक समितिले बताएको थियो। ‘शनिबार दर्शकको संख्या उल्लेख्य रहेको थियो भने ‘महोत्सवमा दिनप्रतिदिन दर्शकको संख्या बढ्दै गएको छ ।’महोत्सव अवलोकनका लागि सल्यानबाट आउनुभएकी शिला रेउलेले भिडभाड भएपनि कलाकारको प्रस्तुतिले रमाएको बताउनुभएको थियो । ‘भिडभाड अत्याधिक भएकाले केहि समस्या भएपनि आफुहरू

मज्जाले रमाएको बताउनुभएको थियो।’ उहाँले पत्रकारहरूसँग भन्नुभयो–‘अर्को दिन पनि फेरि आउछुँ ।’कार्यक्रममा स्थानीय कलाकारहरूको प्रस्तुति पनि समावेश गरिएको छ । तुलसीपुर चेम्बर अफ कमर्शको आयोजनामा भइरहेको दोस्रो तुलसीपुर महोत्सवमा विविध साँस्कृतिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । साँस्कृतिक संयोजक सन्तोष खड्काले आगामी दिनमा अझ रोचक प्रस्तुतिहरू हुने जानकारी दिनुभएको थियो ।

