राम बहादुर के.सी.
तुलसीपुर, ९ असोज । दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालले मंगलबार एक कार्यक्रमको आयोजना गरि वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । अस्पतालको वार्षिक समीक्षा कार्यक्रममा बोल्ने वक्ताहरुले अस्पतालले दिने सेवा सुविधा प्रभावकारी नभएको, गुणासो आउने गरेकाले यस्ता गुणासाहरु आउन नदिने गरि काम गर्न अस्पतालको सञ्चालक समितिलाई सुझाव दिएका छन् । उनीहरुले अस्पतालले दिने सेवाबारे प्रश्न खडा गर्ने काम नगर्न प्रादेशिक अस्पतालमा कार्यरत कर्मचारीसँग आग्रह गरेका हुन् । प्रादेशिक अस्पतालाई खास गरीवहरुका लागि हो भन्ने बनाउनुपर्ने कुराहरूमा सुझाव दिदै सो कुरा बताएका हुन् । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले रिफर सेन्टरको रुपमा आलोचना भइरहेको अस्पतालको सेवालाई सुधार गर्नुपर्ने सुझाव दिदै अस्पतालले दिने सेवा सुविधा राम्रो हुँदाहुँदै पनि बाहिर राम्रो सन्देश जान नसकेको प्रति चिन्ता व्यक्त गर्दै खड्काले नागरिकमा सकारात्कम कुराहरु प्रवाह गर्ने गरी काम गर्न सुझाव दिएका थिए । कतिपय नागरिहरु सेवा लिनका लागि मात्रै गरिव भइदिदाँ वास्तविक गरिवहरुले पाउने सेवा सेवासुविधाबाट वञ्चित हुनु परेको अवस्था रहेको बताउँदै अस्पतालका प्रमुख डाक्टर पदमराज अधिकारीले यस्तो अवस्था आउन नदिन नागरिकहरु पनि स्वतन्त्र रुपमा सेवा लिनुपर्ने बताउनुभयो । अस्पतालमा हुने भिडभाडलाई व्यवस्थापन गर्न कठिन भएको हुँदा जनशक्ति व्यवस्थापनमा सरकारको ध्यान पुग्न नसकेको उनको भनाई रहेको थियो । ५० वेडको जनशक्तिले १ सय ४१ वेड संचालन गरिरहँदा समस्या भइरहेको बताउँदै सेवा सुविधा छिटोछरितो हुन नसकेको बताएका थिए ।

५० वेडको अनुमती रहेको अस्पताल अहिले १ सय ४१ वेडमा संचालित छ तर जनशक्ति भने ५० वेडकै छ, अनि किन नहोस् त विरामीको भिडभाड उनले प्रश्न समेत गरेका थिए । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय दाका प्रतिनिधि रिता न्यौपाने, अस्पताल विकास समितिका पूर्व अध्यक्ष रुद्रमणि शर्मा, पत्रकार जित सागर जिएमलेले दिने सेवा सुविधाबारे आम नागरिकमा भ्रम फैलिएकाले यहाँबाट दिइने सेवाबारे सधैँ नकारात्मक टिकाटिप्पणी आउने गरेको बताएका थिए। अस्पतालको सेवा विस्तारै फड्को मार्दै छ तर पनि आम नागरिकले सरकारी अस्पतालको सेवा फितलो भन्ने कुराको छाप नागरिकमा बसेकाले यो अस्पताललाई नागरिकहरुले हेर्ने दृष्टिको सकारात्कम हुन नसकेको बताएका हुन् । कार्यक्रममा अस्पतालको ३ वर्षे प्रगति प्रतिवेदन अस्पतालका सुचना अधिकारी भूषण सुवेधीले प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण अस्पतालका स्वास्थ्य निरिक्षक धन बहादुर केसीले गरेका थिए । यसैविच अस्पतालले बार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत गरेको प्रतिवेदनले अस्पतालमा सेवा लिने सेवाग्राहीहरुको संख्या बढ्दै गएको देखाएको छ ।

गत आर्थिक वर्ष २०७९÷०८० मा सामाजिक सेवा इकाइ तथा जेष्ठ नागरिक सेवा अन्र्तगत अति गरिब ४ सय ६६, असहाय ५९ जना, अक्षम तथा विगलांग १ सय ३८ जना, ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिक ४ हजार ७ सय ६७ जना, महिला स्वयम् सेविका ३४ जना, लैंिगक हिंसा पीडित १ जना र अन्य १० जनाले निशुल्क सेवा लिएका छन् । जसका लागि अस्पतालले ३९ लाख ७९ हजार ८ सय १४ रुपैयाँ खर्च गरेको छ । यसै गरी प्रदेश सरकारका विशेष प्राथमिकता कार्यक्रम अन्तर्गत आव २०७९÷०८० मा मात्रै ओपिडि टिकट ९१ हजार १ सय ४६ जनाका लागि प्रति व्यक्ति ५० रुपैयाँका दरले ४२ लाख ९३ हजार १ सय ४६ रुपैयाँ खर्च भएको छ । यस्तै इमर्जेन्सी टिकट ११ हजार ६ सय ७ जनालाई १ सय रुपैयाँका दरले ११ लाख ६० हजार ७ सय र निशुल्क वेड ११ हजार ३ सय ७६ जनालाई २ सय तथा १ सयका दरले २० लाख ९ हजार ५ सय रुपैयाँ खर्च भएको तथ्याँकले देखाएको छ । यस्तै वितेको तीन आर्थिब वर्षमा ६ हजार ५ सय ८५ जनाले डाइलासिस सेवा लिएका छन् । आर्थिक वर्ष २०७७÷०७८ मा २ हजार १ सय ९० जना, आव २०७८÷०७९ मा २ हजार १ सय २४ र आव २०७९÷०८० मा २ हजार २ सय ७१ जनाले डाइलासि सेवा लिएको तथ्याँक रहेको छ । यस्तै वितेको तीन वर्षको अवधिमा २० वर्ष मुनि र २० वर्ष माथिका ९ हजार ५ सय १३ जनाले सुत्केरी सेवा लिएका छन् । आर्थिक वर्ष २०७७÷२०७८ मा ३ हजार ९ सय १९ जना, आर्थिक वर्ष २०७८÷२०७९ मा २ हजार ८ सय ८३ र आव २०७९÷२०८० मा २ हजार ७ सय २१ जनाले अस्पतालमा आएर सुत्केरी सेवा लिएका छन् । ३ वर्षको अवधिमा राप्ती प्रादेशिक अस्पतालमा सामान्य प्रसुति सेवा मार्फत ७ हजार ३ सय ९५ जना, १ हजार ७ सय ९९ जना शल्यक्रिया मार्फत र २ सय २३ जना भ्याकुम फोरसेप मार्फत प्रसुति सेवा लिएको उल्लेख गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds