तुलसीपुर, २२ असोज । प्राकृतिक श्रोत व्यवस्थापन समाज नेपालद्धारा संचालित दाङको तुलसीपुरमा रहेको सामुदायिक रेडियो प्रकृति एफएमको आज १४ औं वार्षिकोत्सव तथा भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । रेडियो स्थापना भएको १४ वर्ष पुगेर १५ औँ वर्षमा प्रवेश गरेको अवसरमा तुलसीपुर ९ दोघरेमा अव बन्ने नयाँ भवनको शिलान्यास गरिएको हो । बार्षिकोत्सव तथा भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले रेडियोले पर्यावरण तथा वातावरणको क्षेत्रमा सूचना प्रवाह गर्नमा पु¥याएको योगदान अतुलनीय रहेको बताउनु भएको छ । कार्यक्रममा प्रमुख अतिति समेत रहनु भएका खड्काले रेडियोको नयाँ भवन निर्माणमा सबैको साथ रहने भन्दै तुलसीपुर उपमहानगरको तर्फबाट साथ सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले भवन निर्माणका लागि सहयोग गर्न सम्पूर्ण व्यवसायीहरुलाई पनि आग्रह गर्नु भएको छ । यस्तै लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरिक्षक ९डिआइजी० कुबेर कडायतले प्रकृति संरक्षण, वनवातावरण, स्थानिय कला, संस्कृति, विकास निर्माणका सवालमा सुचना प्रवाह गर्नुका साथै पछिल्लो समय समाजमा मौलाउँदै गएको विकृति तथा नकारात्मक सोचलाई बदल्ने सवाल, मानव धर्मलाई कसरी जगेर्णा गर्न सकिन्छ भन्ने कुराले श्रोताहरुलाई लाभदायिक बनाइरहेको बताउनु भयो । यसैगरी राष्ट्र निर्माण, विदेशिने युवालाई स्वदेशमै रहेर केही गर्नका लागि प्ररित गर्ने सवालमा सुचना प्रवाह गरिरहेको बताउनु भयो । प्रेस स्वतन्त्रता सेनानी टिकाराम रेग्मीले संचार माध्यम र पत्रकारहरुलाई जीवित राख्नका लागि सहयोग गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नु भएको छ । जवसम्म व्यवसायीले संचार क्षेत्रलाई माथि उठाउन सक्दैनन् तव सम्म लोकतन्त्र सुरक्षित नरहने समेत उहाँले उद्घोष गर्नुभयो । रेडियो संचालक समितिका अध्यक्ष नारायण खनालको अध्ययक्षतामा भएको कार्यक्रमको सहजीकरण सदस्य संगीत बस्यालले गर्नु भएको थियो भने स्वागत रेडियोका उपाध्यक्ष राम प्रसाद चालिसेले गर्नु भएको थियो ।
रेडियो प्रकृति एफएमको १४ औं वार्षिकोत्सव तथा भवन शिलान्यास कार्यक्रम सम्पन्न
Byदोर्ण के.सी.
२२ आश्विन २०८१, मंगलवार १२:५९ २२ आश्विन २०८१, मंगलवार १२:५९ २२ आश्विन २०८१, मंगलवार १२:५९
By दोर्ण के.सी.
सम्बन्धित पोस्टहरू
एकदिने अन्तर संवाद कार्यक्रम तुलसीपुरमा सम्पन्न
८ बैशाख २०८३, मंगलवार १४:२८ ८ बैशाख २०८३, मंगलवार १४:२८ ८ बैशाख २०८३, मंगलवार १४:२८
दोर्ण के.सी.
सगरमाथा स्कुलको सिकाइ विद्यालयबाट घरसम्म ।
२८ चैत्र २०८२, शनिबार ०९:१३ २८ चैत्र २०८२, शनिबार ०९:१३ २८ चैत्र २०८२, शनिबार ०९:१३
दोर्ण के.सी.
ग्लोबल करियर काउन्सिलद्वारा प्लसटु परीक्षार्थीका लागि निःशुल्क अध्ययन स्थल उपलब्ध
२७ चैत्र २०८२, शुक्रबार ०९:२२ २७ चैत्र २०८२, शुक्रबार ०९:२२ २७ चैत्र २०८२, शुक्रबार ०९:२२
दोर्ण के.सी.
