दाङ, ६ असोज । दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा डाइलासिस मेसिन थपिएसँगै विरामीलाई धेरै सहज भएको छ । विराममीहरूलाई सहज भएपछि हाल आएर सम्पूर्ण विरामीहरू हर्षीत भएकाछन् । विगत भन्दा अहिले सहज भैरहेको डाइलासिस गराइरहेको विरामीहरुले प्रतिक्रिया दिएका छन् । एकदुई दिन पालो पर्खेर बस्नुपर्ने र पालो नआउँदा महँगो पैसा तिरेर अन्यत्र जानु पर्ने अवस्थाको अन्त्य भएको भन्दै खुशी छन् । शान्तिनगर गाउँपालिका २ की हरिकुमारी विक विगत २ वर्षदेखि डाइलासिस गराईरहेकी छिन् । उहाँलाई हप्तामा २ पटक डाइलासिस गराउनुपर्छ । उनको पालो आइतबार र बुधबार छ । राप्ती प्रादेशिक अस्पतालमा पहिले डाइलासिस मेसिन थोरै हुँदा उहाँलाई धेरै समय पालो पर्खेर बस्नु पर्ने हुन्थ्यो । तर मेसिन थपिएपछि डाइलासिसको लागि पहिलेभन्दा धेरै सहज भएको उहाँको भनाई छ । यस्तै राप्ती प्रादेशिक अस्पतालको विरामी भर्ना कक्षको अर्को वेडमा सुतिरहेका सल्यानका शारदा नगरपालिका १५ का २९ वर्षिय राजेश नेपाली विगत साढे ३ वर्षदेखि डाइलासिस गराउँदै आएका छन् । राजेश पनि अहिले हप्तामा २ पटक डाइलासिस गराउँछन् । राप्ती प्रादेशिक अस्पतालमा पहिले प्रयाप्त मात्रामा डाइलासिस मेसिन नहुँदा उहाँलाई पनि रातदिन पालो कुर्नुपर्ने बाध्यता थियो । ‘एक दिन दुइ दिन पछि पालो आउँथ्यो आफूलाई भने सास फेर्न साह्रै गाह्रो भइरहेको हुन्थ्यो । कहिले पालो पर्खिदा पर्खिदा पालो नपाएर स्वास्थ्यमा धेरै समस्या आएपछि तत्काल एम्बुलेन्स रिजर्भ गरेर वुटवल पनि गएको छु,’ उनले भनेका थिए ।तर अव भने सहज भएको छ । विरामीको कुरुवा बसेका शान्तिनगर गाउँपालिका २ हर्क बहादुर विकले राप्ती प्रादेशिक अस्पतालमा डाइलासिसको इमर्जेन्सी मेसिन नहुँदा समस्या रहेको बताएका थिए । ‘कहिलेकाँही विरामीलाई एक्कासी स्वास्थ्यमा समस्या आयो भने तुरुन्तै डाइलासिस गर्नु पर्ने अवस्था हुन्छ ।

त्यसको लागि इमर्जेन्सी मेसिन छैन, त्यसले गर्दा विरामीले दुःख पाउनु परेको छ’,उनले भने । ‘सरकारले डाइलासिस गराइरहेका विरामीलाई मासिक ५ हजार दिने भनेको छ भन्छन् तर हामीले पाउन सकेका छैनौँ,’ उहाँले गुणसो गर्दै भन्नुभयो । निशुल्क डाइलासिस र रगतको भने सरकारले व्यवस्था गरेको उनको भनाई छ । राप्ती प्रादेशिक अस्पतालमा अहिले ५२ जनाले डाइलासिस गराइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट पदमराज अधिकारीले जानकारी दिएकाछन् । मेसिन थप भएपछि अहिले कुनै पनि विरामीलाई डाइलासिसको समस्या नरहेको उनको बताएकाछन् । ‘मेसिन थप भएपछि अहिले विरामी र कर्मचारी सवैलाई धेरै सहज भएको छ,’ उनले भने । ‘कुनै पनि विरामी पालो पर्खिरहनु पर्ने अवस्था छैन,’ आउनुहुन्छ आप्mनो आप्mनो पालोमा सेवा लिनुहुन्छ जानुहुन्छ समस्या छैन’, उनले भने । पहिले ४ वटा मेसिन मात्रै थियो भने गत असार ८ गते थप ६ वटा डाइलासिसको थपिएको र राप्ती प्रादेशिक अस्पतालका सुचना अधिकारी भूषण सुवेदीले बताएका छन् । उनले भने हाल अस्पतालमा ‘हाल अहिले १० वटा मेसिन रहेका छन्’,। मेसिन थपिएपछि डाइलासिस सेवालिनेहरु पनि बढेको उनले बताएका छन् । मृगौला प्रत्यारोपण गरेका, डाइलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका विरामीको औषधी उपचार लामो समयसम्म गर्नुपर्ने र खर्चिलो हुने हुँदा विरामीलाई हुन जाने आर्थिक भार कम गर्न औषधी उपचारमा वापत खर्च उपलव्ध गराउने नेपाल सरकारको निति कार्यान्वयनका लागि जनस्वास्थ्य नियमावली २०७७ को नियम २६ को उपनियम १ मा भएको वमोजिम लक्षित समुहलाई दिइने सेवा, सुविधा र प्रक्रियालाई सरल सहज बनाउन जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ६४ ले दिएको अधिकार प्रयोग गरी मन्त्रालयले जारी गरेको कार्यविधिमा नेपाल सरकाले तोकेको मासिक ५ हजार रुपैयाँका दरले त्रैमासिक रुपमा महिनाका अन्तिम दिन स्थानिय तहले लाभग्राहीको खातामा जम्मा गर्नेछ । उनीहरुलाई नीलो अपांग परिचय पत्रबाहक व्यक्ति सम्झनुपर्छ भनिएको छ तर यो रकम प्राप्त गर्न गरिब परिचयपत्र लिएको परिवार हुनुपर्ने प्रावधान रहेको छ । सरकारले वार्षिक प्रतिव्यक्ति रु २२ हजार नौ सय १९ रुपैयाँ खर्च गर्न नसक्नेलाई गरिब मानेको छ । तीनै तहका सरकारले गरिब लक्षित कार्यक्रम सञ्चालन गर्दा उनीहरूलाई सेवा तथा सुविधा उपलब्ध गराउँदा परिचयपत्रका आधारमा प्रदान गर्ने गरेको छ ।।

