तुलसीपुर ४ असाेज । लुम्बिनी प्रदेशका  मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, बेलायती राजदूत रोब फेन  र बेलायती साहयता निकायको विकास निर्देशक पिपा बर्ड बीच शिष्टाचार भेट भएको छ । बिहीवार मुख्यमन्त्री कार्यालयमा शिष्टाचार भेटघाट भएको हो ।भेट्का क्रममा  प्रदेशलाई संस्थागत र व्यवस्थित बनाउनका लागि बेलायत सरकारले गर्नसक्ने सहयोग, मुख्यमन्त्री आर्थिक विकास कार्यक्रमलाई प्रभावकारी बनाउन आर्थिक तथा प्राविधिक सहयोग , प्रदेशको दोस्रो आवधिक योजना निर्माण,  संस्कृती, पर्यटन विकास ,ऐतिहासिक सम्पदाको संरक्षण तथा प्रबर्द्धन र स्वास्थ्य र शिक्षा,  लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण लगायतका विषयमा छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds