दाङ, २० वैशाख । सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर भेलुबाजेको निधन भएको छ । प्यूठानको जिल्ला अस्पताल विजुवारमा उपचारका क्रममा आज साँझ ७ः४० बजे निधन भएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमिला खनालले जानकारी दिनुभयो । प्यूठान नगरपालिका–५ जुम्रिकाँडा निवासी भेलुबाजेलाई उपचारका लागि दिउँसो साढे १ बजे अस्पतालमा ल्याई पु¥याएको थियो । उहाँ आउँदा ‘स्वासप्रस्वासमा समस्या थियो ।रिंगाटा पनि लाग्ने गरेको थियो । अलकोहल (रक्सि) पनि बढी पिएको देखियो । त्यसमा एक्सप्रेसन निमोनिया पनि देखियो । अस्पतालमा आईसियू पनि थिएन । समग्रमा भन्दा निमोनियाकै कारण उहाँको मृत्यु भयो ।’ डा। खनालले भन्नुभयो । भेलुबाजेकी श्रीमतीको एक वर्षअघि उपचारको क्रममा भारतको नयाँ दिल्लीमा निधन भएको थियो । ठट्यौली पारामा पख्नोस तो पख्नोस तो, हामीले पनि त्यसरी अनुरोध गरेछ्म केरोटो भन्ने थेगो र गोयल नृत्यले टिकटक र युट्युवमा भेलुबाजे निकै लोकप्रिय हुनुहुन्थ्यो । उहाँका यीनै थेगो र नृत्यलाई हजारौले टिकटकमा अभिनय गरेका थिए ।
अल बिदा भेलु बाजे
Byदोर्ण के.सी.
२० बैशाख २०८१, बिहीबार १७:४७ २० बैशाख २०८१, बिहीबार १७:४७ २० बैशाख २०८१, बिहीबार १७:४७
By दोर्ण के.सी.
सम्बन्धित पोस्टहरू
अन्तर - संवाद
कुराकानी
तुलसीपुर उपमहानगरपालिका
मनाेरञ्जन
लुम्बिनी प्रदेश
शिक्षा
समाचार
स्थानीय समाचार
श्री माध्यामिक विद्यालय प्रतापकाेट आम्बासमा शैक्षिक सामाग्री बितरण हुने
८ भाद्र २०८३, सोमबार १६:०९ ८ भाद्र २०८३, सोमबार १६:०९ ८ भाद्र २०८३, सोमबार १६:०९
दोर्ण के.सी.
लगातार वर्षापछि मौसम खुलेसँगै सुन्दर बन्यो दाङको वातावरण
८ भाद्र २०८३, सोमबार ११:५८ ८ भाद्र २०८३, सोमबार ११:५८ ८ भाद्र २०८३, सोमबार ११:५८
दोर्ण के.सी.
अमृतपुर खानेपानीद्वारा नवगठित पार्षद सदस्यहरूको परिचयात्मक कार्यक्रम सम्पन्न
७ भाद्र २०८३, आईतवार १६:४० ७ भाद्र २०८३, आईतवार १६:४० ७ भाद्र २०८३, आईतवार १६:४०
दोर्ण के.सी.
