
फागुन ४, रक्षाचौर । दाङको राप्ती आँखा अस्पताल रक्षाचौरमा ४० वर्ष माथिकालाई निःशुल्क चश्मा वितरण गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरेर हेल्पिङ्गह्याण्ड हेल्थ एजुकेसन इन्टरनेशनल यूएसएका अध्यक्ष नारायण श्रेष्ठले गरिब तथा विपन्न वर्गका १ सय ७० जनालाई निःशुल्क चश्मा वितरण गर्नु भएको हो ।
नजिकको कम देख्नेहरुलाई मात्र निःशुल्क चश्मा वितरण गरिएको अस्पतालका सूचना अधिकारी बालाराम खडकाले जानकारी दिनुभयो । श्रेष्ठले अस्पतालको अवलोकन समेत गर्नुभएको थियो । सो अवसरमा रेटिना रोग विशेषज्ञ डा. सन्तोष सुवेदी, कर्निण रोग विशेषज्ञ डा. ज्योति सापकोटाले अस्पतालले दिदै आएका सेवाका विषयमा जानकारी गराउनुभएको थियो ।
