सामाजिक परिक्षण प्रारम्भीक प्रतिवेदन प्रस्तुतीकरण कार्यक्रम सम्पन्न

Byदोर्ण के.सी.

२ पुष २०८०, सोमबार १८:०२ २ पुष २०८०, सोमबार १८:०२ २ पुष २०८०, सोमबार १८:०२

आप्रावासी कामदार तथा उनका परिवारहरुका लागि मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य प्रवद्र्धन परियोजना कार्यक्रमको सामाजिक परिक्षण प्रारम्भीक प्रतिवेदन प्रस्तुतीकरण कार्यक्रम आज यस गाउँपालिका कार्यालयमा सम्पन्न भएको छ ।परियोजनाले मानसिक बिरामीहरुको पहिचान, औषधी उपचार, कानुनी सहयोग, सचेतना कार्यक्रमहरु लगायतका महत्वपूर्ण क्षेत्रमा निकै ठूलो सहयोग पुर्याएको सहभागिहरुको भनाई छ ।कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष श्री ओज बहादुर बुढाथोकी, उपाध्यक्ष श्री बुद्ध कुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत श्री गुरु प्रसाद योगी, गाउँपालिकाका प्रवक्ता श्री फौद बहादुर वस्नेत लगाएतले बोल्दै पछिल्लो समय समुदायहरुमा मानसिक स्वास्थ्य समस्याबारे चेतना बृद्धि भएको र प्रवद्र्धन कार्यक्रमलाई थप प्रभावकारी बनाउन आफुहरु प्रतिवद्ध रहेको बताउनुभयो । मानसिक रोगलाई हलुका रूपमा नलिई यसको उचित परीक्षण गराई मनोचिकित्सक तथा मनोपरामर्शकर्ताको परामर्श अनुसार उपचार गर्नुपर्ने र यसले बिरामीको अवस्थामा सुधार आइ उनीहरुको भविष्य सुन्दर बन्ने उहाँहरुको अपेक्षा छ ।कार्यक्रममा सहभागिहरु समूदायका नागरिकहरुले मानसिक समस्या लुकाउने र लाज मान्ने संस्कारमा परिवर्तन आएको तथा उपचारपछि निको हुने कुरामा स्थानीयहरु आशावादी रहेको बताउनुभएको थियो ।सामाजिक जवाफदेहिता अभ्यासकर्ता श्री नमस्कार शाहले सामाजिक परिक्षण

प्रारम्भीक प्रतिवेदन प्रस्तुत गर्दै प्रवद्र्धन कार्यक्रम अन्तर्गत जनचेतनामुलक कार्यक्रम, परामर्श र उपचार तथा साझेदारी, समन्वय लगाएतका क्रियाकलापहरु सञ्चालन भइरहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार छत्रेश्वरी गाउँपालिकामा परियोजना मार्फत सामाजिक रुपान्तरण, सामुदायिक बिकासमा टेवा पुगेको छ भने मानसिक समस्या भएका ब्यक्तिहरुले खुलेर समस्या बताउन थालेका छन् ।हाल छत्रेश्वरीका दुइ वटा स्वास्थ्य संस्थाबाट मानसिक तथा मनोसामाजिक रोगको उपचार भइरहेको छ भने दुइ स्वास्थ्य चौकी थप गर्ने प्रकृयामा रहेको छ । गाउँपालिकाले पनि कार्यक्रमका लागि हरेक वर्ष बजेट विनियोजन गर्दै आएको छ । मानसिक समस्या भएका ब्यक्तिलाई पागल, बौलाह भन्ने बुझाइमा परिवर्तन आई यो रोग भएको र उपचार सम्भव छ भन्ने विषयको ज्ञान बढ्दै गएको पाइएको छ ।प्रारम्भीक प्रतिवेदनमा अझै अन्ध विस्वासको कारण आम नागरिकहरुले मानसिक स्वास्थ्यप्रति पुर्ण विश्वास गर्न नसकेको विषयलाई समस्याको रुपमा औल्याइएको छ । सिमित स्वास्थ्यकर्मि मात्रै तालिम प्राप्त भएकाले अपेक्षित सेवा दिन नसकिएको, लक्षित वर्गहरुले तुरुन्तै प्रतिफल खोज्नु, विरामीले औषधि खान इन्कार गर्नु, कार्यक्रमलाई आयआर्जनमा जोड्न नसकिनु, सिमित स्रोत साधन तथा बिरामीको प्रकृति अनुसारको औषधि ब्यवस्थापन हुन नसक्नु जस्ता विषय समस्याका रुपमा रहेका छन् ।फेल्म–नेपालको आर्थिक सहयोगमा

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (सी.एम.सी.नेपाल) र छत्रेश्वरी गाउँपालिकाको सहकार्यमा ‘आप्रवासी कामदार तथा उनका परिवारहरुका लागि मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य प्रवद्र्धन’ परियोजना संचालन भइरहेको छ ।आप्रवासी कामदार, मानसिक स्वास्थ्य समस्या भएका व्यक्ति, अपाङ्गता भएका व्यक्ति, महिला तथा बालबालिका, युवा, किशोरकिशोरी तथा पछाडि परेका वर्गलाई विना भेदभाव प्रत्यक्ष लाभ पुग्ने कार्यमा सहयोग प्रदान गर्ने परियोजनाको उद्देश्य रहेको छ । आप्रवासी कामदार र उनीहरुका परिवारका सदस्यहरु सहित समुदायका अन्य ब्यक्तिमा हुन सक्ने मानसिक स्वास्थ्य समस्याको रोकथाम गर्ने, मानसिक स्वास्थ्यको प्रवर्धन गर्ने र मानसिक स्वास्थ्य समस्या भएका ब्यक्तिलाई मानसिक स्वास्थ्य र मनोसामाजिक सेवा स्थानीय तहले तोकेको स्वास्थ्य चौकी मार्फत प्रदान गर्ने र कार्यक्रमको सफल अभ्यासको आधारमा गाउँपालिकाको नीति, योजना र बजेटमा समावेश गर्दै स्वास्थ्य र शिक्षाका कार्यक्रममा एकीकृत गर्दै लैजाने उद्देश्य रहेको छ ।कार्यक्रममा वडा नमबर ६ का वडा अध्यक्ष श्री टिकाराम बुढा, विषयगत शाखा कार्यालयका प्रमुख, प्रतिनिधिहरु, पत्रकार लगाएतको पनि सहभागिता रहेको थियो । प्रारम्भीक प्रतिवेदन प्रस्तुतीकरण कार्यक्रमको सहजिकरण मनोसामाजिक परामर्शकर्ता श्री गिता पहाडीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds