दाङमा सदाका लागि अस्ताए दुई नयनका नानी

Byदोर्ण के.सी.

२५ मंसिर २०८०, सोमबार १४:५६ २५ मंसिर २०८०, सोमबार १४:५६ २५ मंसिर २०८०, सोमबार १४:५६

दाङ, २५ मंसिर ।  दाङमा मङ्सिरको २ गते कुकुरले टोकेको शङ्का गरिएका २ जना बालबालिकाको २ दिनको अन्तरमा ज्यान गएको छ । दाङको घोराही उपमहानगरपालिका–१० उत्तर अमराइका उनीहरूको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । स्थानीय नरेश चौधरीकी ६ वर्षीया छोरी निलमको मङ्सिर २२ गते र गिरिराज वलीका ५ वर्षीय छोरा गम्भीरको हिजो आइतवार ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) रामबहादुर केसीले जानकारी दिनुभयो ।

उनीहरूको हातखुट्टा तथा अनुहारमा जनावरले टोकेको घाउका खत थिए । ती बालबालिकाले सानो खैरो कुकुरले टोकेको भने पनि कुकुर, जङ्गली ब्वाँसो या स्याल केले टोकेको पुष्टि हुन सकेको थिएन । उत्तर अमराई नजिकै वन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds