सल्यान, २१ मंसिर । सल्यानको कपुरकोट गाउँपालिकामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत विभिन्न सचेतनामुलक कार्यक्रमहरु गरिने भएको छ । लैङ्गिक आधारमा गरिने हिंसाको अन्त्य गर्न सन्देश प्रबाह गर्ने गरि कार्यक्रम गर्न लागिएको हो ।“लैङ्गिक हिंसा अन्त्यको सुनिश्चतता, महिला बालबालिकामा लगानीको ऐक्यबद्धता” भन्ने मूल नारा सहित गाउँपालिकाको प्राङगनमा आज बिहिबार हुने कार्यक्रममा बक्तृत्वकला तथा लोक दोहोरी गित प्रतियोगिता राखिएको छ । मंसिर १५ गते देखि २० गते सम्म वडा स्तरमा भएका प्रतियोगितामा प्रथम, द्धितिय भएका आमा समुह,पुरुष कर्मचारी र महिला जनप्रतिनिधि तथा महिला कर्मचारी र पुरुष जनप्रतिनिधि बिच प्रतिसपर्धा हुने माहिला बालबालिका तथा जेष्ठ नागरिक ईकाइका प्रमुख हिरा कुमारी वलीले जानकारी दिनुभयो ।पालिकास्तरमा हुने प्रतियोगितामा बक्तृत्वकला तर्फ तथा लोक दोहोरी गित प्रतियोतिमा प्रथम द्धितिय र तृतिय हुने समुहरुलाई क्रमशः प्रथम हुनेले २५ सय,द्धितिय हुनेले २ हजार,तृतिय हुनेले १६ सय तथा लोक दोहोरी गित प्रतियोगिता तर्फ प्रथम हुनेले ३५ सय,द्धितिय हुनेले ३ हजार र तृतिय हुनेले २५ सय पुरस्कार पाउने वलीले जानकारी दिनुभयो । लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक साँस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरि हुने हिंसालाई लैङ्गिक हिंसा भनिन्छ । स्रोत, साधन, अवसर, जिम्मेवारि तथा हक अधिकारको असमान वितरण, बालविवाह, महिलालाई घरमा मात्र सिमित राख्नु, महिलाको कामको मूल्याङ्कन नगरिनु जस्ता लिङ्गको आधारमा हुने हिंसाहरू लैङ्गिक हिंसा अन्तर्गत पर्दछ ।
कपुरकोटमा लैङ्गिक हिंसा बिरुद्ध बक्तृत्वकला र लोक दोहोरी गित प्रतियोगिता हुने
Byदोर्ण के.सी.
२१ मंसिर २०८०, बिहीबार १५:५६ २१ मंसिर २०८०, बिहीबार १५:५६ २१ मंसिर २०८०, बिहीबार १५:५६
By दोर्ण के.सी.
सम्बन्धित पोस्टहरू
अन्तर - संवाद
कुराकानी
तुलसीपुर उपमहानगरपालिका
मनाेरञ्जन
लुम्बिनी प्रदेश
शिक्षा
समाचार
स्थानीय समाचार
श्री माध्यामिक विद्यालय प्रतापकाेट आम्बासमा शैक्षिक सामाग्री बितरण हुने
८ भाद्र २०८३, सोमबार १६:०९ ८ भाद्र २०८३, सोमबार १६:०९ ८ भाद्र २०८३, सोमबार १६:०९
दोर्ण के.सी.
हिमाल एकाडेमी दाङको २२औँ अभिभावक दिवस भव्य सुरु
३० माघ २०८२, बिहीबार ०७:०० ३० माघ २०८२, बिहीबार ०७:०० ३० माघ २०८२, बिहीबार ०७:००
दोर्ण के.सी.
अन्तर - संवाद
अर्थ जगत
कला र संस्कृति
कुराकानी
तुलसीपुर उपमहानगरपालिका
दृष्टिकोण
बिचित्रकाे संसार
मनाेरञ्जन
राजनीति
राष्ट्रिय
लुम्बिनी प्रदेश
शिक्षा
समाचार
स्थानीय समाचार
स्वास्थ
शिवालय मन्दिर व्यवस्थापन समिति तुलसीपुरमा श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ धनधान्यचल पितृमाेक्ष तथा शालग्राम पुजार्चना-२०८२ सञ्चालन
२८ माघ २०८२, मंगलवार ०२:३१ २८ माघ २०८२, मंगलवार ०२:३१ २८ माघ २०८२, मंगलवार ०२:३१
दोर्ण के.सी.
