शान्तिगर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत

Byदोर्ण के.सी.

१९ मंसिर २०८०, मंगलवार १७:३४ १९ मंसिर २०८०, मंगलवार १७:३४ १९ मंसिर २०८०, मंगलवार १७:३४

थर्कोट समामचारदाता
शान्तिनगर मंसिर १९ गते ।
दाङको शान्तिनगर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गरिएको छ । प्युठानको प्युठान नगरपालिकाबाट सरुवा भई दाङको शान्तिनगर गाउँपालिकामा आउनुभएका प्रमुख प्रशासकीय अधिकृत भिष्मकुमार मल्ललाई सोमबार एक कार्यक्रमका बिच स्वागत गरिएको हो । स्वागत कार्यक्रममा बोल्दै मल्लले कर्मचारी र जनप्रतिनिधी बिचको सम्बन्ध नङ र मासुको जस्तो हुनपर्ने बताउनुभएको छ।मल्लले कर्मचारी र जनप्रतिनिधि बबिच दुरी सृजना भए गन्तव्यमा पुग्न नसकिने बताउनुभयो । शान्तिनगरमा फोहर ब्यबस्थापन गर्न आवश्यक रहेको बताउदै मल्लले यसका

निम्ति शान्तिनगरका बिभिन्न क्षेत्रमा सार्वजनिक सौचालय निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । अधिकृत मल्लले समृद्धिको यात्रामा अगाडी वढ्न सबै जनप्रतिनिधि, कर्मचारी र स्थानिय सबैएकमत हुनुपर्ने समेत बताउनुभएको छ ।
शान्तिनगरमा आफ्नो दोस्रो कार्यकाल भएको बताउदै मल्लले गाउँपालिका भित्रका विभिन्न शाखाहरुको निरिक्षण गर्दै सम्बन्धित शाखाका कर्मचारी हरुलाइ आफ्नो पदमा रहदा सम्म इमान्दारीता पूर्वक काम गर्न समेत निर्देशन दिनुभएको छ । शान्तिनगर गाउँपालिका का अध्यक्ष प्रमोद बस्नेतको अध्यक्षतामा भएको स्वागत तथा सम्मान कार्यक्रममा उपाध्यक्ष प्रेमा बुढाथोकी, के।सी, गाउँपालिकाका प्रवक्ता मिन बहादुर के।सी लगाएतकाले बोल्नुभएको थियो । कार्यक्रमको सहजिकरण प्रशासन शाखा प्रमुख कृष्ण कंडेलले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds