तुलसीपुरको बटोवलपुरमा ढकिया बुनाइ तालिम

Byदोर्ण के.सी.

३० भाद्र २०८०, शनिबार ०५:०६ ३० भाद्र २०८०, शनिबार ०५:०६ ३० भाद्र २०८०, शनिबार ०५:०६

तुलसीपुर, ३० भदौ । ढकिया आदिवासी जनजातिहरुको पहिचान भएकाले यसको पवद्र्धन गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । ग्रिन फाउण्डेसन नेपाल दाङको आयोजनामा तुलसीपुर–८ बटोलपुरमा आयोजना गरिएको २५ दिने ढकिया बुनाई तालिमको समापन अवसरमा बोल्दै सहभागीले स्थानीय हस्तकलाको उत्पादन, प्रवद्र्धन र बजारीकरणमा जोड दिनुपर्ने बताएका थिए । गएको वर्ष मात्रै नेपालमा सहज रुपमा उत्पादन गर्न सक्ने स्थानीय सामग्री विदेशबाट १८ खर्बको आयात गरिएको बताउँदै ग्रिन फाउण्डेसन नेपालका केन्द्रिय अध्यक्ष घनश्याम पाण्डेले रैथाने उत्पादन, सिप र योग्यतालाई उत्पादनमा बदल्नु पर्ने बताएका थिए। नेपालबाट दैनिक रुपमा युवाहरु बाहिरिने क्रम बढ्दै गएको बताउँदै यसलाई रोक्न सरकारले ठोस योजना बनाएर आयआर्जनमुखी कार्यममा लगाउनुपर्ने बताएका थिए ।सो अवसरमा तालिमको सिकाई अवधिभर निर्माण गरिएका ढकिया, कलमदानी, पुजादानी, हटकेस, टोपी, झोला, मसलादानी, ट्रे प्रदर्शन गरिएको थियो । तालिममा ३४ थारु महिलाहरु सहभागी भएका थिए । तालिमको समापन अवसरमा तुलसीपुर उपमहानगरपालिका–८ का वडा अध्यक्ष धर्मराज वली, २ का वडा अध्यक्ष भिम बहादुर योगी, दंगीशरण गाउँपालिकाका निवर्तमान अध्यक्ष भागीराम चौधरी, लुम्बिनी प्रदेश सभाका निवर्तमान सदस्य धमकली चौधरी, तुलसीपुर उपमहानगरपालिका पूर्व उपमेयर माया आचार्य, तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्ती, महिला अधिकारकर्मी सिमा न्यौपाने, नेपाल पत्रकार महासंघ दाङका सहसचिव दिप्तीशीखा चौधरी, प्रशिक्षक सुशिला कुमारी चौधरी, सहभागीको तर्फबाट शर्मा चौधरी, रुपनी चौधरी, लुमा चौधरी लगायतले बोल्नु भएको थियो । फाउण्डेसनका अध्यक्ष विष्णु केसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक दिपक परियारले गरेका थिए थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds