तिव्र गतिमा पेट्रोल र डिजलको मुल्य

Byदोर्ण के.सी.

३० भाद्र २०८०, शनिबार ०४:१५ ३० भाद्र २०८०, शनिबार ०४:१५ ३० भाद्र २०८०, शनिबार ०४:१५

दाङ,३० भदौ । नेपाल आयल निमगले पेट्रोलियम पदार्थको भाउ एक्कासी तिव्ररूपले बढाएको छ । निगमले हिजो शुक्रवार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो । मूल्य समायोजनसँगै काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १ एक सय ८३ र डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ७३, सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १ सय ७२ र डिजल र मट्टीतेल प्रतिलिटर १ सय ७२ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १ सय ८० रुपैयाँ ५० पैसा र डिजल र मट्टीतेल प्रतिलिटर १ सय ७० रुपैयाँ ५० पैसा तोकिएको छ । इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजलको मूल्यमा क्रमशः प्रतिलिटर १ रुपैयाँ १२ पैसा र २ रुपैयाँ ९१ पैसा वृद्धि भई आएकाले खुद्रा बिक्री मूल्य बढाउनुपरेको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारीदिएकाछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds