तुलसीपुर, ५ मंसिर । दाङको दंगीशरण गाउँपालिका १ का स्थानियले विकासको माग गर्दै वडा तथा पालिकालाई २४ बुदे ज्ञापन पत्र बुझाएका छन् । यही मंसिर २ गते फुर्केसल्लीको कालितरामा स्थानिय अगुवा तथा समाजसेवी डिल बहादुर कक्रेलको अध्यक्षतामा बसेको गाउँभेलाले विभिन्न माग सहित पालिकालाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार स्थानीय डन्डबिर कक्रेल, मोहनसिंह विक, शसिराम कामी, हरिबहादुर बिक लगाएत समाजसेवी डिल बहादुर कक्रेलको नेतृत्वमा गएको टोलीले हिजो सोमबार दंगीशरण १ को वडा कार्यालय र पालिकालाई ज्ञापन पत्र बुझाएको हो । कछुवा गतिमा भइरहेको फुर्केसल्लीको विकासमा तदारुकता देखाउन माग गर्दै ज्ञापन पत्र बुझाएको टोलीको नेतृत्व गर्नुभएका समाजसेवी कक्रेलले बताएकाछन् । वडा कार्यालयमा भने कुनैपनि कर्मचारी तथा जनप्रतिनिधी नभेटिएपछी कार्यालय सहयोगीको जिम्मा लगाएर आएको उनले बताएका थिए । वडा अध्यक्ष कतै जानु परेमा कार्यबहाक दिएर जानुपर्ने भएपनी वडा कार्यालय नै खाली रहेको पाइएको हो । वडामा कुनैपनि जिम्मेवार व्यक्ती नभेटिएपछी पालिकामा पनि गएर एकप्रति उपाध्यक्षलाई पनि बुझाएको उनले बताएका हुन् ।ज्ञापन पत्र बुझ्दै उपाध्यक्ष पिमा कुमारी खड्काले आफुले सक्ने जती काम गर्ने प्रतिबद्धता जनाएका थिए । सानो रकमले हुने काम पालिकाबाट गर्ने भन्दै उनले अन्य ठुला कामहरुको लागि माथिल्लो निकायसँग पहल गर्ने प्रतिबद्धता जनाएका हुन्। फुर्केसल्लीको सडक पालिका मातहतमा नरहेको भन्दै उपाध्यक्ष खड्काले यसको लागी माथिल्लो निकायमा पहल गर्ने बताएका थिए । फुर्केसल्लीमा निर्माण गर्ने भनिएको टेलिकमको टावर पनी छिट्टै निर्माण हुने भन्दै अबको २र३ महिनामा टावर सुचारु हुने आस्वासन दिएको ज्ञापन पत्र बुझाउन गएको टोलीले जानकारी दिएको छ । आधुनिक जमानामा पनि इन्टरनेट सेवाबाट बञ्चित रहेको फुर्केसल्लीमा बसेर जिवनयापन गर्न निकै समस्या भएको उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ । आधारभुत सेवासुबिधा पनि पाउन नसकेको भन्दै राज्ले फुर्केसल्लीबासीलाई वेवास्ता गरेको बताइएको छ । फुर्केसल्लीका स्थानीयले ऐलानी जग्गा नापी गरी लालपुर्जा पाउनुपर्ने, बाटो स्तरउन्नती सँगै पक्की बन्नुपर्ने, स्वास्थ्य चौकी छिटो सञ्चालनमा आउनुपर्ने, स्वच्छ खानेपानी पाउनुपर्ने, सिचाइको सुविधा पाउनुपर्ने, किसानले उत्पादन गरेको बस्तुको बजारिकण गरिनुपर्ने, कालितरा सम्म बिजुली बत्तीको व्यवस्था हुनुपर्ने, जंगली जनावरबाट खेतीबाली जोगाउन तारजालीको व्यवस्था हुनुपर्ने, घर बनाउन नसकेका गरिबलाई जस्तापाता उपलब्ध गराउनुपर्ने, इन्टरनेट सेवा पाउनुपर्ने, हाउरे र लामीतरा–चिउरेपानि जाने शाखा बाटा र साङ्ले– ठाँटी जोड्ने खोलामा पुल बनाउनुपर्ने, किसानलाई नजिकैबाट समयमै रासायनिक मलको व्यवस्था हुनुपर्ने, पशुपालनका लागी बजेट छुट्याउनुपर्ने, दंगीशरण १ र बबई ७ को सिमाना छुट्याइदिनुपर्ने लगाएतका माग राखेका छन् ।

फुर्केसल्लीबासीका मागहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds