चिसोका कारण जाजरकोटमा थप एकको मृत्यु

Byदोर्ण के.सी.

४ मंसिर २०८०, सोमबार १७:०९ ४ मंसिर २०८०, सोमबार १७:०९ ४ मंसिर २०८०, सोमबार १७:०९

जाजरकोट
४-मंसिर/ चिसोका कारण जाजरकोटमा भूकम्प प्रभावित थप एक जनाको मृत्यु भएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका-२ का हुकुमबहादुर पुनकी एक महिने छोरी निरुताको चिसोका कारण मृत्यु भएको हो ।

चिसोका कारण केही दिनदेखि बिरामी भएकी छोरीको जिल्ला अस्पताल जाजरकोटमा उपचारका क्रममा सोमबार मृत्यु भएको हो । जाजरकोटमा चिसोका कारण ज्यान गुमाउने भूकम्प पीडितको सङ्ख्या नौ पुगेको छ ।

त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ । भेरी नगरपालिका १ र २ मा मात्र २५ जनाभन्दा धेरै बालबालिका बिरामी परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds