दाङ,३ मंसिर
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले अबको समय श्रम, उत्पादन र आत्मनिर्भरताको समय भएको बताएकाछन् । तुलसीपुर उपमहानगरपालिका वडा नं ९ दोघरेमा रहेको हाम्रो गार्मेन्ट उद्योगको अबलोकनका क्रममा मन्त्री मास्कीले यस्तो बताएका हुन् । लुम्बिनी प्रदेश सरकारले २ लाख मानिसलाइ स्वरोजगार दिने उदेश्य राखेको बताउदै मास्कीले हरेक नागरिकलाइ सिपसंग जोडेर उत्पादन प्रणाली लाइ व्यबस्थित गर्न सकियो भने आत्मनिर्भर र समृद्ध प्रदेश बन्ने जिकीर गरेका हुन् ।२०७५ सालमा स्थापना भएको उद्योगले ५० जनालाई रोजगारी दिइरहेको छ । अबलोकन कै क्रममा मास्कीले लुम्बिनी प्रदेश सरकार सदैव उद्यमीहरु को संरक्षणमा रहेको र उद्यमशिलताको विकासको लागी सदैव सकारात्मक रहेको बताएका थिए।
