समाजका हरेक विकास निर्माणका कार्यहरूमा जनता तथा युवाहरूको सहयोग अपरिहार्य रहने गरेको पाइएको छ । सर्व साधारणमा पनि सबै प्रकारका विकास निर्माणका कार्यलाई व्यवस्थित रूपमा सक्रियताका साथ अगाडि बढाउदै लैजाने सवालमा सबैको चासो दिन प्रतिदिन बढ्दै जान थालेको छ । अझ भन्ने हो भने विगत भन्दापनि आजभोली आम जनताको माझमा समाजको जुनसुकै विकास निर्माणका लागि युवाहरूको सहकार्य तिव्र रूपले पाउन थालिएको छ । विगतका दिनहरूमा चाहे त्यो दाङका तुलसीपुरमा होस् चाहे त्यो दाङको घोराही लगाएतका विभिन्न तुलसीपुर उपमहानगरपालिका तथा गाउँ विकास समितिका वार्ड, टोल विकास संस्थाहरू तथा विभिन्न शहरहरूका सड्कहरू अस्त व्यस्त भइ विकास निर्माणद्वारा पछि परेका थिए ।
तर विस्तारै – विस्तारै आम जनता तथा युवाहरूको सक्रियताले गर्दा आज आएर ती शहरहरूका बाटा तथा गल्लीहरूले विकास निर्माणमा टेवा पाइ प्रत्येक गल्ली, बाटाहहरूले नयाँ अनुहार फेर्न सफल भएका छन् । जे होस् जनतामा आफ्नो सहभागितामा विकास निर्माणका कार्यलाई अगाडि बढाउनु पर्दछ भन्ने चेतना अभिवृद्वी भएको छ । यस्तो चेतनालाई राज्य तथा सरकारले बढाउदै लग्न सकियो भने मानव जीवनका लागि चाहिने अत्यावश्यक विकासका पूर्वाधारहरू सजिलैसंग खडा गर्न सकिन्छ । अहिलेपनि नेपालका अधिंकास जिल्ला, क्षेत्र र विभिन्न विघट क्षेत्रमा रहेका गाउहरू विकास निर्माणको पर्खाइमा रहेका छन् । विघट अबस्थामा रही सड्क, शिक्षा, स्वास्थ्य, सिंचाइ लगाएतका कुराहरूबाट बञ्चित रहेका हाम्रा गाउँ र शहरहरूका बाँकी रहेका विकास निर्माणलाई व्यवस्थितका साथ विकास निर्माणमा टेवा पु¥याउनका लागि आम जनसहभागिता जुटाउन सकियो भने मात्र आम गाउँ–गाउँ, शहर(शहर, बस्ती(बस्तीमा विकास निर्माणका पूर्वाधारहरूको थप टेवा पु¥याउन सकिन्थ्यो की ? विगतका दिनहरूमा हरेक विकास निर्माणका पूर्वाधारहरू नेपाल सरकारले नै पूरा गर्नुपर्दछ भन्ने छाप बसेको जनमानसमा पछिल्लो समयमा आएर सम्पूर्ण विकास निर्माणका पूर्वाधार पुरा गर्नका लागि आम जनताहरूले हातेमालो गर्दै अगाडि बढ्नु पर्दछ ।
भन्ने भावना आम जनतामा जागृत भएको छ । तर यस्तो भावनालाई राज्यले संरक्षण गरेर आम जनताहरूलाई विकासप्रेमी बनाउने सन्र्दभमा राज्यका तर्फबाट ठोस कार्यक्रमहरू अगाडि बढाउन सकियो भने मात्र यसले सिंगो मुलुकको स्तरवृद्वि र उन्नतीमा थप टेवा पुग्थ्यो की । नेपाल आर्थिक रूपमा विपन्नताको सूचकमा पर्दछ यस्तो मुलुकमा सरकारको आशा गरेर आफुले गर्न सक्ने कार्यलाई पनि नगर्ने परिपाटीलाई पूर्ण रूपले अन्त्य गरेर जनताकै सहभागितामा विकास निर्माणका सबै प्याकेजहरू अगाडि बढाउन सकियो भने मात्र आम जनताहरू केही वर्षमै सम्पन्नताको खुट्किलोमा पाइला टेकी आफुमै आत्म निर्भर बन्नुका साथै सम्पूर्ण युवाहरूको बेरोजगारको समस्या हल भएर जाने थियो । नेपाल जलश्रोतको धनी देशमा पर्दछ तर हामीहरू नै सिंचाइ, जलविधुत, पिउने पानी लगाएतका विकास निर्माणबाट पछि परेका छौ ।
यदि सम्पूर्ण जनताहरूले यस्ता कुराहरूमा व्यापक लगानी जुटाइ ठूला–ठुला जलविधुत, सिंचाइ, खानेपानीको लगाएतका आयोजना हरू सञ्चालन गर्नतर्फ ध्यान दिन सकेमा मात्र केही वर्षमै नेपालले स्वदेशमै सिंचाइ, जलविधुत, पिउने पानी लगाएतका सम्पूर्ण विकास निर्माणका पूर्वाधारहरू निर्माण गरी नेपालको समस्यालाई हल गरी अन्य देशहरूलाई बिक्री वितरण गर्न पुग्ने थियो । यसैगरी जनस्तरबाट सहयोग जुटाएर विभिन्न क्षेत्रहरू, गाउँ, टोल तथा ग्रामिण क्षेत्रहरूमा छरिएर रहेका बाटा, शड्क तथा गोरेटाहरूमा कालोपत्रे, खोल्सा खोलाहरूमा पुल, गाउँमा शिक्षा, स्वास्थ्यका लागि विद्यालय, स्वास्थ्य भवन लगाएतका विकास निर्माणमा कार्यहरू हामीहरूले निर्माण गर्न सक्यौ भने देश तथा यस देशका आम जनताको जिवन स्तरमा टेवा पुगी आफैमा आत्मनिर्भर बन्न सक्ने थिए जस्का लागि आम जनता एकजुट भएर लाग्न जरूरी छ ।
