उत्कृष्ट देउसीभैलोलाई स्वर्गद्धारी नगरपालिका ५ सारीले सम्मान गर्ने

Byदोर्ण के.सी.

२५ कार्तिक २०८०, शनिबार ०२:३४ २५ कार्तिक २०८०, शनिबार ०२:३४ २५ कार्तिक २०८०, शनिबार ०२:३४

प्युठान,२५ कार्तिक । प्युठानको स्वर्गद्धारी नगरपालिका वडा नं ५ सारीले तिहारमा मौलिकता झल्किने खालको देउसीभैलो खेल्ने उत्कृष्ट समुहलाई सम्मान गर्ने भएको छ । शुक्रबार बसेको वडा समितिको निर्णय अनुसार यस बर्षको तिहारमा मौलिकता झल्कने देउसीभैलो कार्यक्रममा उत्कृष्ट २ समुहलाई सम्मान गर्ने निष्कर्ष निकालेको हो ।

पुराना मौलिक कला संस्कृति हराउँदै जादा देउसी भैलोको मर्म नै मेटिन सक्ने खतरा भएको भन्दै वडाले पुरानालोक संस्कृति जगाउन यस्तो निर्णय गरेको वडाध्यक्ष गिर बहादुर घर्ति मगरले जानकारी दिए । पछिल्लो समय संस्कृति समेत परनिर्भरता भइरहेकोले नयाँ पुस्तालाई यसको बारेमा ज्ञान समेत नभइरहेको समयमा यसले पछिका पिढीलाई कला संस्कृतिमा संरक्षण गर्नमा थप सहयोग अपेक्षा लिएको वडाध्यक्ष घर्तिको भनाई छ । साथै यस्तो कार्यले वडामा मात्रनभई सिंगो राज्यलाई समेत सहयोग पुग्ने विश्वास लिएको वडा सदस्यहरुकोे भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds