थर्कोट समाचारदाता
रोल्पा,२५ कात्तिक ।
लुम्बिनी प्रदेशका कार्यबहाक मुख्यमन्त्री धनबहादुर मास्कीले संघीयताले गाउँ–गाउँमा बिशेषज्ञ सेवा पुगेको बताएकाछन्। रोल्पा अस्पतालको भवन उद्घाटन शत्रमा मन्तब्य ब्यक्त गर्दै मन्त्री मास्कीले संघीयताले एकात्मक राज्य ब्यबस्थालाई विकेन्द्रित गरि गाउँ–गाउँमा अधिकार दिएको भन्दै स्वास्थ्य क्षेत्रमा पनि त्यसले फड्को मारेको बताएका हुन् । रोल्पामै विशेषज्ञ सेवा सुरु भएपछि अब सामान्य प्रकारको उपचारकै लागि पनि काठमाडौं, बुटवल, दाङ, नेपालगञ्ज धाउनु पर्ने अबस्था नरहने समेत मन्त्री मास्कीको भनाइ छ । ‘भवन निर्माण भएको छ, यहाँ अब धेरै बिशेषज्ञ सेवाहरु प्रभाबकारी रुपमा सञ्चालनमा आउनुपर्छ’,उनले भने,‘ यो अस्पताल ५० सैयाको अनुमती पाइसकेको अस्पताल हो । ५० सैयाको अस्पताललाई ब्यबस्थित रुपमा सञ्चालन गरेमा जिल्लाबाटै सहज रुपमा विरामीलाई सेवा दिन सक्छ, त्यसका लागि ब्यबस्थापन टिम, चिकित्सक तथा कर्मचारीहरु दत्तचित्त भएर लाग्नुहुनेछ, भन्ने मैले विश्वास लिएको छु ।

’सेवा प्रवाहका लागि पूर्वाधारको पनि महत्वपूर्ण भूमिका हुने भन्दै लामो समय अस्थायी संरचनाबाट सेवा प्रवाह गर्दै आएको यो अस्पतालले सुविधा सम्पन्न भवन पाएको उनले बताएा थिए। ऐतिहासिक ठाउँमा रहेको यो अस्पताललाई ब्यबस्थित बनाउने सन्दर्भमा लुम्बिनी प्रदेश सरकार ‘हातमा हात र काधमा काँध’ मिलाउन तयार रहेको समेतउनले बताएका थिए। रोल्पा अस्पतालमा विशेषज्ञ चिकित्सक नियमित रुपमा उपलब्ध गराउन तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्न लुम्बिनी प्रदेश सरकारले बजेट बिनियोजन गरेको समेत उनको भनाइ छ । साथै रोल्पा अस्पतालमा एकीकृत अक्सिजन पाइपलाइन विस्तार तथा चिकित्सकीय औजार उपकरण खरिदका लागि समेत बजेट आएको छ ।
त्यस्तै चालु बजेटमा हामीले लुम्बिनी प्रदेश सरकारबाट जनयुद्ध, जनआन्दोलनका घाइतेहरुको लागि स्याहार केन्द्र सञ्चालनमा ल्याउनका लागि २ करोड बजेट छुट्याएको छ । जसबाट प्रदेश स्तरीय स्याहार केन्द्र बनाउनका लागि जग्गा खोजिरहेको उनले बताए । जसलाई निकट भबिष्यमा राष्ट्रिय स्तरको स्याहार केन्द्र बनाउने योजना रहेको उल्लेख गरेका थिए ।
त्यस्तै घाइते तथा अपाङ्गता भएका ब्यक्तीहरुको उपचारका लागि ५० लाख, द्वन्द प्रभाबितहरुका लागि स्वरोजगार बनाउन २० लाख, शहीद परिवारलाई स्वास्थ्य बीमाका लागि २० लागि बजेट ल्याएको जानकारी दिएका थिए ।उक्त भवनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए। पार्टीको आमसभामा सहभागि हुन प्रचण्ड रोल्पा पुगेका हुन् ।
