काठमाडौ
२१ कार्तिक/ ललितपुरमा रहेको पाटन अस्पतालका चिकित्सकहरुले आकस्मिकबाहेकका सेवा बन्द गर्दै प्रदर्शन गरेका छन् । अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि बिरामीका आफन्तले कुटपिट गरेको भन्दै चिकित्सकहरुले आकस्मिकबाहेकका सेवा बन्द गर्दै प्रदर्शन गरेका हुन् ।

पाटन अस्पतालमा उपचार गराइरहेका मकवानपुरका ६७ वर्षका कृष्ण नगरकोटी र ओखलढुङ्गाकी ९६ वर्षकी जनमाया राईको मृत्यु भएको बिषयलाई लिएर मृतकका आफन्तहरु आक्रोशित भएका थिए । सो क्रममा आफुहरुमाथि कुटपिट भएको भन्दै चिकित्सकहरुले स्वास्थ्यकर्मी विरुद्ध हिंसा बन्द गर प्लेकार्ड सहित प्रदर्शन गरेका हुन् ।
दुई बिरामीको एकै समयमा भएको मृत्युको घटनाको अनुसन्धान भइरहेको अवस्थामा आफुहरुमाथि कुटपिट भएकाले सुरक्षाको माग गर्दै प्रदर्शन गरिएको पाटन अस्पतालका चिकित्सक डा बिमल पाण्डेले बताएका छन ।
