
कात्तिक १९ काठमाडौं । जाजरकोट भूकम्पका पीडितका लागि भारतले पहिलो खेपमा १० करोड भारतीय रुपैयाँ ९ सय १६ करोड नेपाली रुपैयाँको आपतकालीन राहत सामग्री नेपाल पठाएको छ । काठमाडौं स्थित भारतीय दूतावासका अनुसार ती सामान आइतबार नेपालगञ्ज आइपुगेको छ । भारतीय वायुसेनाको एक विशेष विमान सी(१३० ले ११ टनभन्दा बढी आपतकालीन राहत सामग्री लिएर आएको हो । जसमा त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लिपिङ्ग ब्याग, पोर्टेबल भेन्टिलेटर जस्ता चिकित्सा उपकरण र अत्यावश्यक औषधी छन् । यी राहत सामग्री भारतीय राजदूत नवीन श्रीवास्तवले उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरेका छन् । घनिष्ट मित्र र छिमेकी भएको नाताले नेपालमा भूकम्पबाट प्रभावित भएकाहरुलाई हर सम्भव सहयोग गर्न भारत प्रतिवद्ध रहेको भारतीय दूतावासले जनाएको छ ।
