जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा २५० बढी परकम्प राहत र अस्थायी आवास सडकमा

Byदोर्ण के.सी.

१९ कार्तिक २०८०, आईतवार १६:०५ १९ कार्तिक २०८०, आईतवार १६:०५ १९ कार्तिक २०८०, आईतवार १६:०५

थर्कोट समाचारदाता
जाजरकोट १९ कार्तिक
शुक्रवार मध्यराती ठूलो जनधनको क्षति गराउने गरी जाजरकोट जिल्लामा गएको विनाशकारी भूकम्प यता त्यसक्षेत्रमा साना र मझौला भूकम्पहरू आउने क्रम जारी रहेको अधिकारीहरूले बताएका छन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूगर्भविद् चिन्तन तिम्सिनाका अनुसार सो क्षेत्रमा शुक्रवार राति यता ४ म्याग्निट्यूड भन्दा माथिका ६ वटा परकम्प गएका छन्। उनले बीबीसीसँग भने, “चार देखि ५ म्याग्निच्यूडका ६ वटा परकम्प गएको छ। सबै गरेर साना चाहिँ २५० भन्दा माथि पुगिसके। ती भनेका दुई देखि चार म्याग्निट्यूडसम्मका भूकम्पहरू हुन्।” राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ती सबै परकम्पहरूको केन्द्रबिन्दु पनि जाजरकोटको रामिडाँडा आसपास नै रहेको बताएका छन्।
उनले भने, “अहिले पनि त्यो क्षेत्रमा परकम्पहरू गई नै रहेको छ।” यसैबीच उक्त भूकम्पबाट पीडितहरूको खोज तथा उद्धार कार्यको अन्तिम चरणका कामहरू आइतवार पनि जारी रहने अधिकारीहरूले जनाएका छन्।
सुरक्षा निकायका अधिकारीहरू भन्छन् । नेपाल प्रहरीका प्रवक्ताले शनिवार साँझ नै ‘मोटामोटी’ रूपमा खोज तथा उद्धार सकिएको भए पनि सुरक्षा निकायहरूले भूकम्प प्रभावित क्षेत्रहरूमा खोज तथा उद्धारको अन्तिम प्रयासहरू गर्ने बताएबम छन्। नेपाली सेनाका प्रवक्ताले शनिवारसम्म फौजहरू पुगेका स्थानमा खोज तथा उद्धार लगभग सकिएको बताएका थिए। स्थानीय

म्याग्निट्यूड ६ दशमलव ४ रहेको उक्त भूकम्पले जाजरकोट जिल्लालाई केन्द्रबिन्दु बनाएको थियो र आइतवार बिहानसम्म उक्त विपद्‌का कारण १५७ जनाले ज्यान गुमाएको अधिकारीहरूले बताएका छन्। गृहमन्त्रालयले उक्त भूकम्पका कारण कम्तीमा ३५७ जना घाइते भएको उल्लेख गरेको छ। सबै घाइतेहरूको उपचार सरकारले निःशुल्क गर्ने आइतवार बसेको मन्त्रिपरिषद् बैठकपछि स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले संवाददाताहरूलाई जानकारी दिएका थिए। जजरकोट भूकम्पका घाइतेको उपचार तस्बिर स्रोत,


नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतका अनुसार उक्त भूकम्पबाट घाइते भएका ९१ जना अस्पतालबाट उपचार गराएर फर्किएका छन्। उनले भने, “सुरुमा आएको तथ्याङ्कमा सामान्य घाइते भएका व्यक्तिहरू पनि समावेश गरेका थियौँ। भूकम्पका कारण विभिन्न जिल्लाका अस्पतालमा भर्ना भएर डिस्चार्ज हुनेको सङ्ख्या ९१ पुगेको छ।” उनले भूकम्पबाट अति प्रभावितमध्येको रुकुम पश्चिममा ज्यान गुमाएका सबै ५२ जनाको शव आफन्तलाई हस्तान्तरण गरिएको बताए। भूकम्प प्रभावितको सहायता दुरुपयोग हुन नदिन सरकार ‘चनाखो हुनुपर्ने’, पुनर्निर्माण कहिले सुरु हुन्छरु भूकम्प प्रभावितलाई चीनद्वारा सहायता घोषणा, अन्य देशले पनि जनाए सहयोगको प्रतिबद्धता
जाजरकोट जिल्लामा पनि शव पहिचान गर्ने र हस्तान्तरण गर्ने क्रम जारी रहेको उनको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds