कोही कसैले पनि चाडपर्वलाई भड्किलो नबनाऔ

Byदोर्ण के.सी.

१७ कार्तिक २०८०, शुक्रबार १७:४० १७ कार्तिक २०८०, शुक्रबार १७:४० १७ कार्तिक २०८०, शुक्रबार १७:४०

समय परिवर्तन संगै नेपालमा विभिन्न चार्डपर्व, संस्कृति मनाउने तरिका पनि बदलिदो अवस्थामा छ । विशेषगरी पछिल्नो समय प्रविधिको विकासले गर्दा आधुनिकको नाममा धेरै विकृति बढेको छ । प्रविधिको विकास संगै आर्थिक सम्पन्नता लगायतका विभिन्न कारण नेपालीहरूले मनाउने महान पर्व बडा दशै, दोस्रो महत्वपुर्ण चार्ड तिहार, छठ लगायतका ठूला पर्वहरू मनाउने तरिका बदली थालेका छन् । अझ भन्नुपर्दा महङ्गो हुँदै गएका छन् । विभिन्न वर्ग, जाति र समुदायका नागरिकको बसोबास समाजमा भए पनि सबैको आर्थिक अवस्था एकै हुँदैन पनि । सम्पन्न व्यक्तिहरूले गर्ने अनावश्यक खर्चका कारण निम्न आर्थिक अवस्थाका व्यक्ति, समुदायले ऋण काढेर पनि खर्च गर्नुपर्ने अवस्था आएका छ ।

जसले गर्दा हुनेखाने भन्दा हुदा खाने झनै गरिवी हुनु पर्ने स्थिति आउँदछ । आधुनिकको नाममा अरुको देखासिखी गर्ने प्रवत्तिले चाडपर्वको समयमा गरिब वर्गले पनि ऋण काढेर मनाउनु पर्ने अवस्था देखीएको बिभिन्न अध्ययनहरूले देखाएका छन् ।तिहारको बेलामा विशेषगरी, घर सजावट, यातायातका साधनको खरिद र खानपानमा अत्यधिक खर्च गर्ने नेपाली नागरिकहरुको परिपाटीको विकास हुँदै गएको छ । चाडपर्वका नाममा तडकभडक रोक्ने कानुन भएको विज्ञहरु बताउँछन । तर प्रभावकारी कार्यान्वयन नहुँदा समस्या उस्तै छ । चाडपर्व मनाउने बारेमा प्राय घरपरिवारका सदस्यहरुका बीचमा छलफल नै हुदैन । घरको जो मुली व्यक्ति हो उसैले योजना बनाउने गर्दछन् । जसले गर्दा घरपरिवारमा छलफल नहुँदा घरपरिवारको सदस्यहरु भित्रै आफु खुशी पैसा खर्च गर्ने प्रवृति पनि बढेको पाईन्छ । त्यस कारण भड्किलो रुपमा पर्व मनाउने, घर सजाउने लगायत कार्य गर्नेलाई स्थानीय सरकारले सचेतना जगाउन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds