दाङका चार पालिकामा प्लास्टिकको फूलमाला बिक्री वितरणमा रोक

Byदोर्ण के.सी.

१५ कार्तिक २०८०, बुधबार १३:०६ १५ कार्तिक २०८०, बुधबार १३:०६ १५ कार्तिक २०८०, बुधबार १३:०६

दाङ,१५ कात्तिक । दाङका चार पालिकाले प्लास्टिकका फुलमालाको बिक्री वितरणमा प्रतिबन्ध लगाएका छन् । तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाले प्लास्टिकका फुलमाला बिक्रीमा रोक लगाएका हुन् । तिहार नजिकिँदै गर्दा स्थानीय स्तरमा उत्पादन भएका फुलको बिक्रीमा सहजताका लागि चार वटै पालिकाले प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध लगाएका हुन् । चार वटै पालिकाले तिहारको समयमा प्लास्टिकका फुलमाला प्रयोग नगर्न आग्रह गरेका छन्। तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र गढवा गाउँपालिकापछि मंगलवार राप्ती गाउँपालिकाले प्लास्टिकका माला प्रयोग नगर्न अपिल जारी गरेको हो ।राप्तीले प्राकृतिक फूलको बजारीकरणमा सहजताका लागि पालिकाभित्र फूल खेती गरेका किसानको नाम, ठेगाना र सम्पर्क फोन नम्बर पनि सार्वजनिक गरेको छ। यसले गर्दा अघिल्ला वर्षहरूमा जस्तो प्लास्टिकका फुलमाला बजारमा देखिएका छैनन् । स्थानीय सरकारको यो व्यवस्थाले फूल खेती गर्दै आएका किसान खुसी भएका छन् । दाङमा यसवर्ष करिब २२ बिघा क्षेत्रफलमा फूल खेती गरिएको छ । प्लास्टिकका फुलमाला बिक्रीमा प्रतिबन्ध लगाएपछि उत्पादित फुलले बजार पाउने आशामा रहेको फूल खेती गरेका तुलसीपुर – २ का गणेश भण्डारीले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds