
आलोक भावुक
गढवा, १५ कात्तिक। दाङ देउखुरीको गढवामा रहेको आयाम बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजना तथा नेपाल यूथ फाउण्डेशन नेपालको सहकार्यमा १० दिने व्यवसायिक चिया, खाजा, नास्ता तालिमको बुधबार देखि गढवामा सुरु भएको छ। संस्थाका अध्यक्ष ओम प्रकाश बसेलको अध्यक्षता तथा नेपाल यूथ फाउण्डेशन नेपालका तालिम व्यवस्थापक पुर्ण प्रसाद चौधरीको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन गरिएको हो । १० दिन सम्म चल्ने तालिममा २० जनाको सहभागिता रहेको छ। तालिमको प्रशिक्षकमा श्यामलाल खनाल रहेकाछन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाल यूथ फाउण्डेशन नेपालका तालिम व्यवस्थापक पुर्ण प्रसाद चौधरीले गढवामा आउने आन्तरिक तथा वाह्य पर्यटकहरुलाई स्थानीय परिकारको स्वाद चकाउनुका साथै यहाँ रहेका स्थानीयहरुलाई आत्मनिर्भर वनाउने र युवाहरुलाई आर्थिक रुपमा मजबुत गर्न तालिमले महत्वपूर्ण भुमिका खेल्ने बताएका थिए।

आत्मनिर्भर हुन व्यवसायिक रुपमा नास्ता पसल सञ्चालन गर्न सके सोचे जस्तो आम्दानी हुने चौधरीले बताएका थिए । त्यसैगरी कार्यक्रममा बोल्दै आयाम बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष ओम प्रकाश बसेलले युवाहरु विदेश पलायन भइरहेको बेला यस्तो तालिमले युवाहरुलाई स्वरोजगार बन्न र स्वदेशमै काम गर्ने वातावरणको सिर्जना हुने बताएका थिए। अध्यक्ष बसेलले महिलाहरुले पनि अब यस्तो खालको तालिम लिएर स्वरोजगार तथा आत्मनिर्भर बन्नुपर्नेमा दिएका थिए । तालिमको पुर्ण रुपमा सदुपयोग गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गरेका थिए । तालिममा गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुक, रेडियो साझा आवाजका प्रवन्ध निर्देशक दुख हरण यादव, आयाम बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका सफि उल्लाह गुजर(समिर), कालि प्रसाद चौधरी, लगायतकाको उपस्थिती रहेको थियो ।सिता नेपालीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण श्याम चौधरीले गरेका थिए ।

