
कात्तिक १३, सल्यान
कपुरकोट गाउँपालिका सल्यानले गाउँपालिका भित्र रहेका मौलिक लोक कला प्रदर्शनी गर्ने भएको जनाएको छ ।लोप हुँदै जान थालेका मौलिक लोक कलालाई संरक्षण गर्ने उदेश्यले लोक कला प्रदर्शन गर्ने लागको कपुरकोट गाउँपालिकाले जनाएको छ । कार्तिक १४ गते अर्थात भोली मौलिक लोक संस्कृती संरक्षण कार्यक्रम आयोजना गरिएको प्रमुख प्रशासकिय अधिकृत भरत वलीले बताएकाछन् । कार्याक्रममा गाउँपालिका भित्र रहेका सोरठी, पैसरु, एकल लोकगित , एकल नृत्य, लोक सासकृतिक सम्बन्धि बक्तित्वकला प्रतियोगिता प्रर्दशनि गरिनुका साथै चर्चित कलाकार खडक बहादुर बुढाको उपस्थिति रहने उनले जानकारी दिएकाछन् मौलिक लोक कला प्रदर्शनीमा प्रथम, द्वितिया, तृतिया हुनेलाई नगद सहित प्रमाणपत्रले सम्मान गरिने
पनि एक कार्यक्रमका बिच बताएका थिए । सोरठी पैसेरी नाचमा प्रथम हुनेलाई पुरस्कार रु ५ हजार, द्वितियालाई रु ४ हजार, तृतिया पुरस्कार रु ३ हजार प्रदान गरिने छन भने अन्य सहभागी नाचलाई २ हजार पुरस्कार प्रदान गरिने प्रमुख प्रशासकिय अधिकृत वलीले बताएका हुन् । यस्तै एकल लोकगितमा प्रथम हुनेलाई रु ३ हजार, रु द्वितियलाई २ हजार र तृतिया पुरस्कार रु १ हजार प्रदान गरिने छ । एकल नृत्य प्रतियोगितामा प्रथम पुरस्कार रु ३ हजार, द्वितियालाई २ हजार र तृतिया पुरस्कार रु १ हजार प्रदान गरिने छ भने सासकृतिक सम्बन्धि बक्तित्वकला प्रतियोगिता प्रथम पुरस्कार रु ३ हजार ,द्वितियालाई २ हजार र तृतिया पुरस्कार रु १ हजार प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।
