दाङ, ९ कार्तिक ।
इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये थप एक विद्यार्थीको शव आज नेपाल ल्याइएको छ ।बझाङको जयपृथ्वी(६ का गणेशकुमार नेपालीको शव नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिएकाछन् ।इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका दस विद्यार्थीमध्ये हालसम्म पाँच जनाको शव नेपाल ल्याइएको छ। बाँकी पाँचजनाको शव ल्याउन पनि सम्बद्ध नातेदारको डीएनए सङ्कलन गरी पठाइएको र डिएनए परिक्षण पश्चात चाडै नेपाल ल्याइने मन्त्रालयले जनाएको छ ।
