विजयादशमी टीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

Byदोर्ण के.सी.

६ कार्तिक २०८०, सोमबार १६:०४ ६ कार्तिक २०८०, सोमबार १६:०४ ६ कार्तिक २०८०, सोमबार १६:०४

दाङ, १६ असोज ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमी टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको जनाएको छ । कात्तिक ७ गते विजयादशमी मंगलवारका दिन बिहान १० बजेर ३७ मिनेटमा देवी विसर्जनको साइत रहेको छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर २ मिनेटको साइत दिइएको समितिले जनाएको छ । गएको साउन महिनामा अधिकमास परेका कारण यस वर्ष असोज अन्तिमदेखि नेपालीको महान् पर्व बडादशैँ शुरु भएको हो । कात्तिक ११ गते कोजाग्रत पूर्णीमा मनाएपछि १५ दिन लामो बडादशैँ पर्व समाप्त हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds