काठमाण्डौ, ५ कात्तिक । धादिङको खरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान ७ बजेर ३९ मिनेट जाँदा ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको वरिष्ठ भूकम्पविद् डाक्टर लोकविजय अधिकारीले जानकारी दिएकाछन् ।
भूकम्पको धक्का काठमाण्डौ उपत्यका आसपासका क्षेत्रमा समेत महसुस भएको थियो । भूकम्पको क्षतिको विवरण आउन बाँकी रहेको छ ।
