मावि सेन्टर दाङकै उत्कृष्ट नमुना योग्य विद्यालय बनेको छ ।

Byदोर्ण के.सी.

३ कार्तिक २०८०, शुक्रबार १२:५४ ३ कार्तिक २०८०, शुक्रबार १२:५४ ३ कार्तिक २०८०, शुक्रबार १२:५४

थर्कोट समाचारदाता
तुलसीपुर, ३ कात्तिक ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले मावि सेन्टर स्कुल दाङकै नमूना विद्यालयका रुपमा विकास हुँदै गएको बताएकाछन् । दाङको तुलसीपुर ६ स्थित माध्यामिक विद्यालय तुलसीपुर सेन्टरको ८ कोठे प्रशासनिक भवनको उद्घाटन गर्दै पोखरेलले दाङमा सयौं विद्यालय भएपनि भौतिक र शैक्षिक सुधारका लागि भागवत पौडेल जस्तो जागरुक शिक्षक आफुले कमै देखेको बताएका थिए। जुन ठाउँको नेतृत्व सबल हुन्छ त्यस ठाउँमा विकासले फड्को मार्ने बताउँदै उनले शैक्षिक सुधारका लागि विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षकहरू सक्षम हुनुपर्ने सुझाव दिएका थिए । विगतमा दाङमा नाम चलेका स्कुल ओझेलमा पर्नु र मा.वि. सेन्टर मेघा विद्यालय बन्नुमा विद्यालयका प्रअ पौडेलको ठूलो भूमिका रहेको बताउँदै महासचिव पोखरेलले आफुले सहयोग मात्र गरेको बताएका थिए । सो अवसरमा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टिकाराम खड्का, सुशील बस्नेत, शिक्षक भोला पौडेल लगायतले शुभकामना मन्तव्य दिएका थिए । विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले विद्यालयको शैक्षिक उपलब्धि, वर्तमान अवस्था र चुनौतीका विषयमा प्रस्तुतिकरण गरेका थिए । हाल २५ सय विद्यार्थी संख्या रहेको विद्यालयमा पाँच वटा प्राविधिक धारका कक्षहरू पनि सञ्चालन भइरहेका छन् । संस्थापक मुख्यमन्त्री पोखरेलको पहलमा एक करोड ५४ लाखको लागतमा उक्त भवन निर्माण भएको हो । यो सँगै विद्यालयमा ७ वटा भवन रहेका छन् । जहाँ ८० शिक्षक कर्मचारी कार्यरत रहेकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds