गहते खोलामा पुल नहुँदा सास्ती

Byदोर्ण के.सी.

२३ आश्विन २०८०, मंगलवार १६:४४ २३ आश्विन २०८०, मंगलवार १६:४४ २३ आश्विन २०८०, मंगलवार १६:४४
        टिका के.सी.÷ तुलसीपुर 

नत हाम्रा गाउँका खोलाहरुमा झुलुङ्गे तथा पक्की पुलको सुविधा छ । नत हामीहरुले भनेको समयमा निर्धक्कका साथ खोलाहरु पार गर्न सकेका छौं । हामीहरुले विगत झै यस वर्ष पनि आफ्नो शरीरलाई जोखिममा राखेर पुल विनाका खोला तर्न बाध्य भएका छौं ।

यहाँका सम्बन्धित सरोकारवाला निकायहरु, विभिन्न राजनीतिक दलहरुले  तुलसीपुर उपमहानगरपालिका भित्रका अन्य छिमेकी वडाहरुका खोलामा ध्यानाकर्षन गर्दै  पक्कि तथा झुलुङ्गे पुलको व्यवस्था गरि विभिन्न प्रकारका विकाश निर्माणमा टेवा पुगेको  सबैलाई सर्बबितितै छ । तुलसीपुर उपमहानगरपालिका भित्रका अन्य छिमेकी वडाहरुका खोलामा विकाश निर्माणले टेवा पाउँदा पनि  हाम्रो वडाको विकासका लागि समयमै सम्बन्धित सरोकारवाला निकायले चासो नदिएकै कारण  निर्धकका साथ खोला तर्ने आशा भने जस्ताको तस्तै  रहेको छ । यस वडाको खोलाहरुमा पुलको व्यवस्था नभएकै कारण वर्षातको समयमा वर्षेनी यहाँका स्थानीय बासीहरु हरेक कुराबाट बञ्चित हुनुपरेको छ । सो क्षेत्रका चाहे स–साना तथा ठुला विद्यार्थीहरु  विगतका वर्षहरुमा झै यस वर्षमा पढाईबाट बञ्चित भै सास्ती खेप्न बाध्य भएका छन् । भने सो बाटोमा आवतजावत गर्ने सम्पूर्ण मानिसहरु पनि प्रत्यक्ष मारमा परेका छन् । हामी सम्पूर्ण स्थानीयबासीहरु विगतका पीडालाई भुल्दै अन्य वडाहरुले विकास निर्माणमा टेवा पाएझै हामीहरुले पनि यहाँका सम्पूर्ण स्थानीयबासीहरू, विद्यार्थीहरु, सम्पूर्ण कृषकहरुले विगतको झै यस वर्षमा पनि सास्ती खेप्न नपर्ने आशा राखेका थियौं । तर यस क्षेत्रको विकास निर्माणका लागि स्थानीय सरकार, सम्बन्धीत सरोकारवाला निकायहरु, विभिन्न राजनितीक दलहरु, कसैले पनि चासो नदिएकै कारण यस क्षेत्रमा आवत जावत गर्ने मानिसहरुले विगत कै पीडा हालसम्म पनि खेप्न बाध्य भएको बताएका छन् । स्थानीयबासीहरु भन्छन्  विहान खाना खुवाएर स–साना छोराछोरीहरुलाई घरमै बसाल्छौं भने ठुला छोराछोरीहरुलाई विद्यालय पढ्न पठाउँछौ तर दिनभरको वर्षातको कारण हाम्रो काम मेलापात त मन भने विद्यालय पढन गएका  छोराछोरीहरुमा हुन्छ । कहिलेकाही त पानी परेन भने छोराछोरीहरु घरमा  आईसकेका हुन्छन् भने  स–साना बालबालिकाहरु   पनि घरमै खेलेका हुन्छन् तर कहिलेकाही ठुलो पानी परेर खोला बढेको समयमा  खोला तर्न नसकेर छोराछोरीहरु घर जाने आसामा खोलाको डिलमा बसेर आफ्न्तलाई  कुरिरहेका हुन्छन् । प्रत्येकका अभिभाबकहरु गएर आ–आफ्ना बालबालिकाहरुलाई खोला तारेर ल्याउने गर्दछौ ।  कहिलेकाही वर्षातका कारणले गर्दा खोला बढेकै कारण हाम्रा छोराछोरीहरू खोलो घटने प्रतिक्षामा खोलाको डिलमा बस्न बाध्य हुन्छन्  भनेर स्थानीयबासीहरुले बताएकाछन् । बिगत देखि हालसम्म यो पीडा सो क्षेत्रका साना तथा ठुला सम्पूर्ण बालबालिकाहरुले खेप्दै आएकाछन् । कतिपय साना नानीबाबुले यस क्षेत्रको रैथाने खोला तर्न नसक्दा त आफ्ना कापी, कलम, झोला, जुत्ता, चप्पलहरु बगाएका हुन्छन्,  । हामीहरुले सोचेका थियौं, विश्वासमा थियौं कि  अब हाम्रा छोराछोरीहरुका सकी नसकी खोलाहरु तर्ने दुःखका दिनहरू गए । अब हामीहरूले विद्यालय पढन गएका छोराछोरीहरूको लागि बिगतको जस्तो खोलामा समस्या हुन्छ कि भनेर चिन्ता लिनु पर्दैन् । अव हाम्रा बालबालिकाहरुले विगतका वर्षहरु झै अवका वर्षहरुदेखि रैथानी खोला, खोल्साहरु तर्न बाध्य हुने छैनन् भनेर । तर यहाँको स्थानीय सरकार,   यहाँका  विभिन्न सम्बन्धित सरोकारवाला निकायहरु, विभिन्न राजनीतिकदलहरुले यस क्षेत्रको  विकास निर्माणमा भने अनुसारको पहल नगरेकै कारण विगतका वर्षहरु झै यस वर्ष पनि स–साना बाल बालिकाहरुले रैथानी खोला, खोल्साहरु तर्न बाध्य भई वर्षातको समयमा निर्धक्कसँग पढ्न पाउने आसा,सपनाहरु आज आएर निरासामा परिणत भएको सो क्षेत्रका स्थानीयबासी हरुले बताएका थिए । यी पीडादायी कथा व्यथाहरू  दाङको विघट बस्तीका नामले चिनिने एक शुन्दर बस्ती तुलसीपुर उपमहानगरपालिका–३ स्थित  गहते, ठुलासम्म, भिउडहर,का बस्तीहरूलाई लक्षित गरि  रेउलेटोला गहते जोड्ने सडक खण्डमा पर्ने सो क्षेत्रका स्थानीयबासी हरुको । सो क्षेत्रमा साना तथा ठुला खोलाहरु गरि विना पुलका ४ वटा पर्दछन् । उनीहरु भन्दछन् ः ती ४ वटा खोलाहरुमा सम्बन्धीत स्थानीय  सरकार, विभिन्न सरोकारवाला निकायहरु सबैले समयमै चासो  दिएर  झुलुङ्गे पुल तथा आकाशमुनीको पुलको व्यवस्था गरिदिएमा धेरै राहत हुने स्थानीयबासीहरूले बताएका छन् ।  यसरी विकास निर्माणको पर्खाईमा रहेका सो क्षेत्रका  खोलाहरुमा  स्थानीय सरकार, विभिन्न सम्बन्धित  सरोकारवाला  निकायहरु, विभिन्न राजनीतिकदलहरुले समयमै झुलुङ्गे पुल तथा आकाशमुनीको पुलको निर्माण सँगै अन्य विकास निर्माणमा पहल गरिदिएमा सो क्षेत्रका स–साना बालबालिकाहरुको पढ्ने ईच्छा पुरा हुनुका साथै  सो क्षेत्रले विकाश निर्माणमा टेवा पाई सो क्षेत्रका स्थानीय बासीहरूको जीवन परिवर्तन भई ति बालबालिकाहरू भविष्यका कर्णधार बन्न सफल हुने थिए कि ? 
    

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds