मुगुुको गमगढीमा आगलागी, ७ वटा घर जलेर नष्ट

Byदोर्ण के.सी.

६ आश्विन २०८०, शनिबार ०३:४४ ६ आश्विन २०८०, शनिबार ०३:४४ ६ आश्विन २०८०, शनिबार ०३:४४

काठमाण्डौ, ६ असोज ।
मुगुको जिल्ला सदरमुकाम गमगढीमा गएराति आगलागी भएको छ । आगलागी हुँदा एउटा टहरो सहित सात वटा घर जलेर नष्ट भएका छन् । गएराति साढे १ बजेतिर शुरु भएको आगो बिहान चार बजेसम्म सल्किरहेको थियो । सो आगो जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले जानकारी दिएकाछन् आगलागीबाट ६ वटा घर र एउटा टहरो जलेको र एउटा घरमा दाजुभाइको परिवार छुटाछुटै बस्दै आएकाले आठ परिवारको घर जलेर नष्ट भएको डीएसपी थापाले बताएकाछन्

       आगलागीबाट मानवीय क्षति नभएको तर नौ वटा विभिन्न पसलसहित ग्यासलगायतको गोदाममा क्षति पुगेको उनले बताएकाछन् । क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको छ । आगलागीको कारण थाहा भएको छैन । गएको असोजमा पनि गमगढीको तल्लो बजारमा आगलागी हुँदा २१ घर जलेर नष्ट भएका थिए । गमगढीमा पटकपटक आग लागी हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds