आज पनि विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

Byदोर्ण के.सी.

६ आश्विन २०८०, शनिबार ०३:५५ ६ आश्विन २०८०, शनिबार ०३:५५ ६ आश्विन २०८०, शनिबार ०३:५५

काठमाडौँ, ६ असोज । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै भारतको झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । आज शनिबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशहरूमा सामान्य बदली र बाँकी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेस र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।लुम्बिनी, मधेस र कोशी प्रदेशको तराई भूभागका एक दुई स्थानमा हावा हुरीको सम्भावना रहेको छ । भोलि आइतबार पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूका केही स्थानहरूमा र बाँकी भूभागको थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds