भूकम्प पीडितलाई ईयूले २८ करोड ८० लाख रुपैयाँ सहयोग गर्ने

Byदोर्ण के.सी.

३० कार्तिक २०८०, बिहीबार १७:२९ ३० कार्तिक २०८०, बिहीबार १७:२९ ३० कार्तिक २०८०, बिहीबार १७:२९
????????? ????????? ??????? ?????? ????? ???????? ???? ???? ???????? ????????? ????? ?????????–? ??????? ????????? ???????? ?? ? ???? ???????? ???? ???? ????? ?? ????? ?????? ???? ???? ? ??????? ????? ??????÷????

काठमाण्डौ, ३० कात्तिक ।  युरोपेली सङ्घ (ईयू) ले भूकम्पबाट सबैभन्दा धेरै प्रभावित नेपालीको सहायोगार्थ २८ करोड ८० लाख रुपैयाँ प्रदान गर्ने भएको छ । ईयूले मानवीय सहायतास्वरूप यो रकम प्रदान गर्ने निर्णय गरेको हो । आवास, शुद्धपेय जल, सरसफाइमा पहुँच सुनिश्चित गर्ने तथा स्वास्थ्यसम्बन्धी सेवाका निम्ति जाजरकोटका भूकम्प पीडितलाई मानवीय सहायतास्वरूप यो रकम प्रदान गर्ने निर्णय भएको नेपालमा रहेको युरोपेली सङ्घको प्रतिनिधिमण्डलले जनाएको छ । अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासङ्ले नेपाल रेडक्रस सोसाइटीमार्फत मानवीय सहायता परिचालन गर्नेछ । युरोपेली मानवीय सहायता कोषबाट केही रकम नेपालका भूकम्प पीडितलाई उपलब्ध गराइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds