विष्णु गोराथोकी
दाङ २५ असोज
पद्मोदय क्याम्पस बिबिएस र बिएस्सि चौथो बर्षमा अध्यानरत बिद्यार्थीहरुद्वारा प्रकाशन हुने वाणिज्य दर्पण अङ्क ५ पुस्तक बुधबार एक कार्यक्रमका बिच विमोचन कार्यक्रम सम्मान गरिएको छ ।
पुस्तक प्रकाशन समितिका अध्यक्ष अनिता कवँ“र मगरको अध्यक्षता एंव प्रेस स्वतन्त्र सेनानी सुशील गौतमको प्रमुख आतिथ्यता तथा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद अधिकारीको विशिष्ट आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा करिब ८० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । सो उत्कृष्ट दश जनालाई मायाको चिनोले सम्मान गरिएको थियो भने उत्कृष्ट बिज्ञापनदाताको रुपमा राज गार्मेज्ट एड्स टेलरिङ्ग सेन्टरका सञ्चालक एफ डि भुसाललाई सम्मान पत्र सहित मायाको चिनोले सम्मान गरिएको थियो भने कार्यक्रमको सहजिकरण विष्णु गोराथोकीले गरेका थिए ।

