काठमाडौं २४ असोज
नेपाल एयरलाइन्सको विमान राति ११ बजे इजरायलमा प्रस्थान गर्ने भएकोछ । सरकारले इजरायलमा रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याउन नेपाल एयरलाइन्सको जहाज पठाउने निर्णय भएपछि नेपाल एयरलाइन्सको विमान राति ११ बजे इजरायलमा प्रस्थान लागेको हो । इजरायलबाट स्वदेश फर्किन चाहनेहरूलाई ल्याउन मंगलबार राति नेपाल एयरलाइन्सको जहाज इजरायल पठाउन लागिएको नेपाल सरकारले जनाएको हो । परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा रहेका नेपालीहरूलाई फिर्ता ल्याउन नेपाल एयरलाइन्सको जहाज बुधबार राति ११ बजे नेपाल एयरलाइन्सको जहाज दुबई ट्रान्जिट हुँदै इजरायल पुग्ने परराष्ट्र मन्त्रालयले जनाएको हो ।

इजरायलबाट स्वदेश फर्किन मंगलबार रातिसम्म ३५० जनाभन्दा बढीले तेल अव्यवस्थित नेपाली राजदूतावासमा नाम टिपाएका थिए । सुरुमा स्वदेश फर्किनका लागि नाम टिपाएकाहरूलाई नेपाल एयरलाइन्सको विमानले स्वदेश लिएर आउनेछ । मंगलबार मात्रै इजरायल र गाजाको सिमा नजिक रहेका ५५ जना विद्यार्थी र उत्तरी इजरायलमा रहेका ७२ जनालाई सुरक्षित स्थानमा सारिएको थियो । इजरायलमा हमासको आक्रमणमा परी शनिबार १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । गोली लागेर घाइते भएका चार जनाको इजरायलको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । सम्पर्कविहीन भएका विपिन जोशीको अवस्था भने अझै अज्ञात रहेको छ । उनको खोजी कार्य जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

