दाङ तथा देशका विभिन्न स्थानमा भूकम्पको धक्का

Byदोर्ण के.सी.

१६ आश्विन २०८०, मंगलवार ११:०६ १६ आश्विन २०८०, मंगलवार ११:०६ १६ आश्विन २०८०, मंगलवार ११:०६

दाङ, १६ असोज ।  पश्चिम नेपालको दाङ सहित देशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको छ । आज मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा पश्चिम नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस भएको हाे । बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको बताइएको हाे ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ५.३ म्याग्निच्यूटको भूकम्प गएको हो । यस्तै ३ बजेर ७ मिनेटमा पुनः अर्को धक्का महसुस भएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । हालसम्म भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds