दोर्ण के.सी.
हेकुली १२ साउन
थर्कोट त्रैमासिक पत्रिका तथा त्जबचपयत।अयm।लउ का प्रकाशक एंव अध्यक्ष दोर्ण बहादुर के.सीले अब बन्ने सरकारी कार्यालयका भवनहरू अपाङ्ग मैंत्री बन्नुपर्ने कुरामा जोड दिनुभएको थियो । अपाङ्गहरू आफैमा अशक्त भई काम गर्न नसक्ने भएकाले सरकारले अपाङ्गताहरूका लागि रोजगार संगसंगै रोजगारी दिलाउन सिपमुलक तालिम प्रदानका लागि समयमै पहल गरिदिएमा उनीहरूको जिवनस्तर माथि उठ्नुका साथै आफैमा आत्म निर्भर बन्न सक्ने बताउनुभएको थियो । युएसएआइडिको आर्थिक सहयोग सिबिएम र डेक नेपालको सहकार्यमा दंगिशरण गाउपालिकामा बिहिबार आयोजना गरिएको अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारिमा लिन र समावेशी कार्य स्थलवारे रोजगार दाताहरूलाइ अभिमुखिकरण विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरामा जोड दिनुभएको हो । उहाँले आफ्नो अनलाईन तथा पत्रिकाबाट पनि अपाङग्ताहरूको हकहितको बिषयमा कलम चलाउने, उनीहरूका पिडा, समस्याहरूलाई जस्ताको तस्तै सम्बन्धित सरोकारवाला निकाय समक्ष पु¥याई सेवाका लागि आफु सदैब तयार रहेको प्रतिबद्वता समेत दिनुभएको थियो । यसैबिच कार्यक्रममा सहभागिहरूले अपाङ्गमैत्री संरचना निर्माणका लागि विभिन्न प्रतिबद्वता दिएका थिए । अपाङ्ग समन्वय समितिका नारायन चौधरीले अपाङ्ग भएका व्यक्तिहरूलाइ रोजगारी दिलाउन सिपमुलक तालिम प्रदान गर्ने बताउनुभएको थियो । त्यस्तै, दंगिशरणका महिला संघका सामाजिक उद्यमि सुनिता शर्माले अपाङ्ग व्यक्तिहरूलाई सहकारिको सदस्य बनाएर उनीहरूको व्यापारलाइ अभिवृद्वी गर्न सहुलिएत व्याजदरमा ऋिण उपलब्ध गराउने बताउनुभएको थियो । त्यस्तै अपाङ्ग सङ्घका अध्यक्ष रोशन गिरिले अपाङ्गका लागि नितिहरू लेखाइमा मात्र सिमित नराखी व्यवहारमा नै गर्नुपर्ने बताउनुभएको थियो । निरन्तर रूपमा अपाङग भएकालाइ सिपमुलक कार्यमा लगाइ रोजगारि दिदै आएको संथाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds