तुलसीपुर, १५ असार । दाङको तुलसीपुरमा टिप्परसँग मोटरसाइकल ठोक्किदा १ जना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा घोराही–१० बासबजेरीका २० वर्षीय आशिष खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएकाेछ । उहाँका अनुसार तुलसीपुरबाट घोराहीतर्फ जादै गरेको रा १ ख १५३० नम्बरको टिप्पर तुलसीपुर–१८ दुधरास पेट्रोल पम्पमा तेल हाल्न जाने क्रममा सोही दिशातर्फ जादै गरेको रा ८ प २९५८ नम्बरको मोटरसाइकल पछाडीबाट ठोक्किन जादा दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भिर घाइते भएका खड्काको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछी थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । दुबै सवारीसाधन नियन्त्रणमा लिएको र टिप्पर चालक फरार रहेता पनि खोजी कार्य तिब्र पारिएपछि दाङ घोराही- ३ वर्ष २४ को कुमार सिंह घर्ति १८:०० बजे पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक थापाले जानकारी दिनुभएकाे हाे ।
तुलसीपुरमा टिप्परसँग मोटरसाइकल ठोक्किदा १ जना गम्भिर घाइते
Byदोर्ण के.सी.
१६ असार २०८१, शनिबार १६:१८ १६ असार २०८१, शनिबार १६:१८ १६ असार २०८१, शनिबार १६:१८
By दोर्ण के.सी.
सम्बन्धित पोस्टहरू
तुलसीपुरमा सडक सुरक्षाका लागि जेब्राक्रसिङ निर्माण
२३ जेष्ठ २०८३, शनिबार १५:०७ २३ जेष्ठ २०८३, शनिबार १५:०७ २३ जेष्ठ २०८३, शनिबार १५:०७
दोर्ण के.सी.
दिवंगत राजपरिवारको सम्झनामा आज दीप प्रज्वलन कार्यक्रम गरिने
१९ जेष्ठ २०८३, मंगलवार १०:२७ १९ जेष्ठ २०८३, मंगलवार १०:२७ १९ जेष्ठ २०८३, मंगलवार १०:२७
दोर्ण के.सी.
तुलसीपुरको गुल्मचोकमा टिपर र मोटरसाइकल ठोक्किदा, बावुछोरा गम्भिर घाइते, नेपालगन्ज रिफर
१८ जेष्ठ २०८३, सोमबार ०२:२९ १८ जेष्ठ २०८३, सोमबार ०२:२९ १८ जेष्ठ २०८३, सोमबार ०२:२९
दोर्ण के.सी.
