तुलसीपुरको पातुखोलामा सरसफाइ

Byदोर्ण के.सी.

२५ कार्तिक २०८०, शनिबार ०७:१७ २५ कार्तिक २०८०, शनिबार ०७:१७ २५ कार्तिक २०८०, शनिबार ०७:१७

तुलसीपुर, २५ कात्तिक । दाङको तुलसीपुरमा रहेको पातुखोला सरसफाइ गरिएको छ । संगीत नगर टोल देखि अटो भिलेजको सीमानासम्म  करिब १५ क्विन्टल फोहर संकलन गरिएको हो । सरसफाइ अभियानमामा प्लाष्टिकजन्य फोहर, सडेगलेका पशुपक्षीका हड्डी, छाला, कपडा, जुत्ता, कागज, बोतल लगायत घरबाट निस्कने सबै खाले फोहर संकलन गरिएको हो ।२६ औं सरसफाइ अभियान अन्तर्गत वस्ती नजिकै रहेको पातुखोलामा  सफा गरिएको सार्वजनिक स्थानमा सके सफा गरौँ नसके फोहर नगरौँ  का अभियन्ता राजु विकले बताउनुभयो । फोहरका कारण खोला नजिकै रहेका वस्तीमा दुर्गन्ध फैलिने र त्यसबाट सरुवा जन्य रोगहरू लाग्ने संभावना भएकाले सरसफाइ गरिएको अभियन्ता विकले बताउनुभयो । सरसफाइ अभियानमा संगीत नगर टोलमा आवद्ध स्थानीयवासीहरूको सहभागिता रहेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds