सल्यान, ५ माघ । जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुको स्वास्थ्यलाई ख्याल गर्दै सल्यानको एक वडामा तातो पानी राख्नलाइ थर्मस वितरण गरिएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर ६ का १३० जना जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुलाइ थर्मस वितरण गरिएको हो । विहिबार वडाभित्र रहेका ६८ वर्ष माथिका सम्मपुर्ण जेष्ठ नागरिक तथा पुर्ण अपाङ्गता भएका व्यक्ती गरि १३० जनालाई थर्मस प्रदान गरिएको वडा अध्यक्ष मनोज शाहले जानकारी दिनुभयो ।उमेर अवस्थाले च्याप्दै गर्दा विभिन्न प्रकारका रोगहरु लाग्न सक्ने भएकाले स्वास्थ्यमा सजगता अपनाउन आग्रह गर्दै चिसो मौसममा तातो पानी आवश्यक पर्ने भएकाले एक एक थान थर्मस वितरण गरिएको उहाँले बताउनुभयो । थर्मस वितरण गर्दै त्रिवेणि गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावतले समाजमा लामो समयसम्म अतुलनीय योगदान पुर्याएका जेष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरुलाइ संरक्षणको आवश्यकता रहने बताउनुभयो । उहाँले जेष्ठ नागरिकहरुको हक हित संगै अपांगता भएका व्यक्तिको स्रोत साधन माथि समान पहुँच, नियन्त्रण र निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।
जेष्ठ नागरिकलाइ जाडोमा तातो पानी राख्ने थर्मस वितरण
Byदोर्ण के.सी.
५ माघ २०८०, शुक्रबार ०३:४४ ५ माघ २०८०, शुक्रबार ०३:४४ ५ माघ २०८०, शुक्रबार ०३:४४
By दोर्ण के.सी.
सम्बन्धित पोस्टहरू
प्रतापकोट आम्बासका १५० विद्यार्थीको हातमा शैक्षिक सामग्री, खुशीले हर्षित
१० भाद्र २०८३, बुधबार ०४:४९ १० भाद्र २०८३, बुधबार ०४:४९ १० भाद्र २०८३, बुधबार ०४:४९
दोर्ण के.सी.
अन्तर - संवाद
कुराकानी
तुलसीपुर उपमहानगरपालिका
मनाेरञ्जन
लुम्बिनी प्रदेश
शिक्षा
समाचार
स्थानीय समाचार
श्री माध्यामिक विद्यालय प्रतापकाेट आम्बासमा शैक्षिक सामाग्री बितरण हुने
८ भाद्र २०८३, सोमबार १६:०९ ८ भाद्र २०८३, सोमबार १६:०९ ८ भाद्र २०८३, सोमबार १६:०९
दोर्ण के.सी.
लगातार वर्षापछि मौसम खुलेसँगै सुन्दर बन्यो दाङको वातावरण
८ भाद्र २०८३, सोमबार ११:५८ ८ भाद्र २०८३, सोमबार ११:५८ ८ भाद्र २०८३, सोमबार ११:५८
दोर्ण के.सी.
