थर्कोट समाचारदाता
तुलसीपुर, चैत २२ । तुलसीपुर उद्योग वाणिज्य संघले शुक्रबार बिहान धार्मिक तथा पर्यटकीय स्थल छिल्ली कोटमा पर्यटन प्रवर्द्धनका लागि छलफल गर्ने भएको छ । तुलसीपुर उछिल्लीकोटको पर्यटन पर्वद्धनका लागि तुलसीपुर वाणिज्य संघले शनिवार छलफल गर्दै तुलसीपुर उपमहानगरपालिका – १९ स्थित धार्मिक तथा पर्यटकीय स्थल छिल्लीकोटमा चैते दशैंको अवसर पारेर संघले ‘निजी क्षेत्रको भूमिका विषयक अन्तरक्रिया’ कार्यक्रम गर्न थालेको अध्यक्ष विनिल केसीले जानकारी दिनुभएको हो । छलफलमा जनप्रतिनिधि, सुरक्षा प्रमुख, उद्योगी व्यवसायी, पर्यटन विज्ञ, लगायत सरोकारवाला निकायको सहभागिता रहने छ । अन्तरक्रिया कार्यक्रम बिहान ७ बजेपछि आयोजना गरिएको तुलसीपुर उद्योग वाणिज्य संघका प्रेस सल्लाहकार शरद रेग्मीले जानकारी दिनुभएको हो ।
तुलसीपुर उपमहानगरपालिका
नेपाल पर्यटन
पर्यटन
मनाेरञ्जन
लुम्बिनी प्रदेश
विश्व पर्यटन
समाचार
स्थानीय समाचार
छिल्लीकोटको पर्यटन पर्वद्धनका लागि तुलसीपुर वाणिज्य संघले शनिवार छलफल गर्दै
