काठमाण्डौ, १ माघ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गोला ढुङ्गा र काँचो माटोबाट घर नबनाउन आग्रह गरेको छ । गोला ढुङ्गा र काँचो माटोबाट बनेका घर भूकम्पबाट अति जोखिममा रहने भएकाले यस्ता घर निर्माणमा कसैलाई पनि प्रोत्साहन नगर्न प्राधिकरणले अनुरोध गरेको हो । जाजरकोट भूकम्पमा परेर क्षति भएका घरहरू यस्तै ढुङ्गा र काँचो माटोबाट बनेका धेरै रहेको बताउँदै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले सर्वसाधारण पनि आफैँ सचेत हुनुपर्नेमा जोड दिनुभयो । जाजरकोटकै पनि बारेकोटमा खानीका ढुङ्गा प्रयोग गरेर बनाएका घरमा क्षति कम भएको उहाँले उल्लेख गर्नुभयो । पोखरेलले कर्णाली प्रदेशका ८० प्रतिशत घरहरू काँचो माटो र डल्लो ढुङ्गाबाट बनेका जानकारी दिँदै अब गोला ढुङ्गाबाट घर नबनाउन अनुरोध गर्नुभयो । प्राधिकरणले गोला ढुङ्गालाई काट्ने फलामको आरोको बन्दोबस्त गर्ने भएको छ ।
गोला ढुङ्गा र काँचो माटोबाट घर नबनाउन आग्रह
Byदोर्ण के.सी.
१ माघ २०८०, सोमबार १३:१३ १ माघ २०८०, सोमबार १३:१३ १ माघ २०८०, सोमबार १३:१३
By दोर्ण के.सी.
सम्बन्धित पोस्टहरू
तुलसीपुरमा सडक सुरक्षाका लागि जेब्राक्रसिङ निर्माण
२३ जेष्ठ २०८३, शनिबार १५:०७ २३ जेष्ठ २०८३, शनिबार १५:०७ २३ जेष्ठ २०८३, शनिबार १५:०७
दोर्ण के.सी.
दिवंगत राजपरिवारको सम्झनामा आज दीप प्रज्वलन कार्यक्रम गरिने
१९ जेष्ठ २०८३, मंगलवार १०:२७ १९ जेष्ठ २०८३, मंगलवार १०:२७ १९ जेष्ठ २०८३, मंगलवार १०:२७
दोर्ण के.सी.
तुलसीपुरको गुल्मचोकमा टिपर र मोटरसाइकल ठोक्किदा, बावुछोरा गम्भिर घाइते, नेपालगन्ज रिफर
१८ जेष्ठ २०८३, सोमबार ०२:२९ १८ जेष्ठ २०८३, सोमबार ०२:२९ १८ जेष्ठ २०८३, सोमबार ०२:२९
दोर्ण के.सी.
