दोर्ण के.सी.
तुलसीपुर २९ माघ
लघुबित्त तथा बित्तिय शोषण बिरुद्वको सघंर्ष समिति नेपालको तुलसीपुर नगर कमिटीको नियमीत बैठक मंगलबार तुलसीपुरमा सम्पन्न भएको छ । (आर्थिक क्रान्तिका लागि जन आन्दोलनमा जुटांै, ऋण मुक्त जन्ता, ऋण मुक्त देश, देखपछि आउँछ विकासको भेल) भन्ने मुलनाराकासाथ लघुबित्त तथा बित्तिय शोषण बिरुद्वको सघंर्ष समिति नेपालको तुलसीपुर नगर कमिटीको नियमीत बैठक लघुबित्त तथा बित्तिय शोषण बिरूद्वको सघंर्ष समिति नेपालको तुलसीपुर नगर कमिटीका अध्यक्ष शरण थारू चौधरीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । सम्पन्न सो बैठकले केही लघुबित्त बित्तीय संस्थाहरूले लघुबित्त तथा बित्तिय शोषण बिरुद्व को सघंर्स समिति नेपालको आन्दोलन यथावत रूपमा अगाडि बढ्दा बढ्दै पनि पुरानै सैलीमा आ–आफ्नो गतीलाई अगाडि बढाएकोले त्यसो नर्गन समाचारका माध्ययमद्वारा लघुबित्त बित्तीय संस्थाहरूलाई चेतावनी दिएको छ । यति गर्दापनि ति संस्थाहरूले ३३ लाख दिदीबहिनीहरूका लागि जस्तो सुकै कदम अंगालन बाध्य हुने बताएको छ । सो अबस्थामा आईपर्ने हरेक समस्याहरूप्रति जिम्मेवारी स्वयम् लघुबित्त बित्तीय संस्थाहरू हुनुपर्ने समेत बैठकले निर्णय गरेको छ । साथै बैठकले केन्द्रको अर्को निती तय नहुँदासम्म सम्पूर्ण लघुबित्त बित्तीय संस्थाहरूबाट पिडीत दिदीबहिनीहरूलाई किस्ता नबुझाउन समेत आग्रह गरेको छ । त्यस्तो अबस्थामा कुनै लघुबित्त बित्तीय संस्थाहरू घरमै आएर किस्ताको लागि कुरा उठाएमा प्रतिकार समेत गर्न सबैलाई आग्रह गरेको छ । बैठकमा लघुबित्त तथा बित्तिय शोषण बिरुद्वको सघंर्स समिति नेपालका केन्द्रीय सदस्य तथा थर्कोट त्रैमासिक म्याग्जिन पत्रिकाद्वारा सञ्चालित त्ज्ब्च्प्इत्.ऋइः.ल्ए प्रकाशक दोर्ण के.सी., लघुबित्त तथा बित्तिय शोषण बिरुद्वको सघंर्स समिति नेपालको तुलसीपुर नगर कमिटीकी उपाध्यक्ष उर्मिला, बुढा, सचिव जानकी सुनार लगायत सम्पूर्ण नगर कमिटी परिवारको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds