




दाेर्ण केसी
तुलसीपुर २९ माघ
हिमाल एकाडेमी तुलसीपुर दाङले एक कार्यक्रमकाे आयाेजनाका बिच आफ्नाे २२औँ अभिभावक दिवस २०८२ बिहिवार हर्साेलामयका साथ सम्पन्न गरेको छ।
तुलसीपुर उपमहानगरपालिका -६, दाङमा रहेकाे हिमाल एकाडेमीकाे तुलसीपुरकाे प्राङ्गणमा आयोजित कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिती रहेको थियो।
कार्यक्रमका विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिनीलकुमार मिश्रकाे अध्यक्षता एंव राप्ती बबई क्याम्पस सञ्चालक समिति अध्यक्ष श्यामकुमार रेग्मीकाे प्रमुख आतिथ्यता तथा तुलसीपुर नगर प्याप्सन अध्यक्ष डम्बर डाँगीकाे विशिष्ट आतिथ्यतामा साे कार्यक्रम सुरुभएकाे हाे ।

कार्यक्रममा प्रदेश खेलकुद प्रतिनिधि मुक्तिप्रसाद न्यौपाने उपस्थिती रहेको थियो।ल त्यसैगरी विद्यालयका प्राचार्य मधुसुदन केसी, हेड सर नवीन कुमार पराजुली, सहायक प्राचार्य राधा पोख्रेल, सहायक प्राचार्य ए. मुकेश कुमार, विद्यालय व्यवस्थापन समिति सदस्यहरू बलदेव शर्मा, गणेश अधिकारी, जीवन शर्मा, अनिल चौधरी, तथा शिक्षक अभिभावक संघ सदस्य जीवराज रोका सहित सम्पूर्ण शिक्षक, अभिभावक र विद्यार्थीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा शिशु कक्षादेखि कक्षा पाँचसम्मका विद्यार्थीहरूले नृत्य, तथा सांस्कृतिक प्रस्तुति देखाएका थिए । कार्यक्रममा शिशु कक्षाका करिब ढाई वर्षका बालबालिकाको नृत्यले कार्यक्रमकाे शाेभा बढाउनुकाे साथै सबैको आकर्षणको केन्द्रबिन्दु बनाएका थिए । साे कार्यक्रममा विद्यार्थीहरूले शिक्षा, अनुशासन, संस्कार, राष्ट्रप्रेम र भविष्य निर्माणबारे सन्देशमूलक प्रस्तुति पस्किएका थिए।लविद्यार्थीहरू नेपाली मौलिक पोशाकमा सजिएर प्रस्तुत हुँदा कार्यक्रम अझ जीवन्त र सांस्कृतिक प्रति सुनमा सुगन्ध थपिएको थियो। कार्यक्रममा विद्यार्थी मात्र नभई अभिभावक हरूले आफ्नाे प्रस्तुति राखेका थिए ।कार्यक्रमको सहजीकरण शिक्षक सनोद थापा ले गर्नुभएको थियाे ।

