थर्कोट समाचारदाता
तुलसीपुर १७ जेठ
आफैंले पढाएका विद्यार्थीले देखेर पनि नचिने झैं गर्दा चित्त दुख्छ ।
तुलसीपुर १६ जेठ । राप्ती बबई क्याम्पसले बुधबार एक कार्यक्रमको आयोजना गरि स्नातक तह चौथो वर्षमा अध्ययनरत विद्यार्थीलाई विदाई गरेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–६मा रहेको राप्ती बबई क्याम्पसमा अध्ययनरत शिक्षा संकाय, मानविकी तथा व्यवस्थापन संकायका स्नातक तह चौथो वर्षका विद्यार्थीलाई बुधबार एक कार्यक्रमका बिच मायाको चिनो सहित विदाई गरिएको हो । सो अवसरमा वोल्दै राप्ती बबई क्याम्पसका क्याम्पस प्रमुख गणेस पार्धेले तपाईलाई सबैभन्दा धेरै माया गर्ने र प्रगति चाहने भनेकै आमा वुवा र शिक्षक भएकाले म केही गर्न सक्छु भन्ने भावना राखेर अगाडी बढ्न विद्यार्थीलाई आग्रह गर्नुभएको थियो । मध्यपश्चिम क्षेत्रमा नै एक मात्र विश्व विद्यालय अनुदान आयोगद्धारा क्यु।ए।ए। प्राप्त क्याम्पस भएकाले यहाँ अध्ययन गरेका विद्यार्थी अन्य भन्दा फरक हुनुपर्ने बताउनुभएको थियो । यस्तै कहिलेकाँही म आफैंले पढाएका विद्यार्थीले देखेर पनि नचिने झैं गर्दा सार्है चित्त दुख्ने गरेको पनि बताउनु भएको थियो । सो अवसरमा बोल्दै राप्ती बबई क्याम्पसका स्नातकोत्तर नेपाली विभाग कार्यक्रम संयोजक यसोदा पाण्डे, पुस्तकालय व्यवस्थापन समिति संयोजक यमनाथ उपाध्याय, नेपाली विभाग विभागीय प्रमुख वासुदेव रिजाल, पव्लिक क्याम्सप प्राध्यापक संघका सभापति बहादुर बुढाथोकी, सहायक क्याम्पस प्रमुख आनन्दा खत्री लगाएतले ब्याचलर तह सानो नभएकाले यो शिक्षालाई सर्टिफिकेटको रुपमा मात्र लिन नहुने बताउनुभएको थियो । यस्तै जिवनको वास्तविक परिक्षा अब सुरु भएकाले यसलाई गम्भीरतापूर्वक लिई शैक्षिक गन्तव्यलाई अझ अगाडी बढाउन आग्रह समेत गर्नु भएको थियो । यस्तै विद्यार्थीको तर्फबाट टिका सापकोटा, नवीन खड्का, भुपेस केसी लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन दिवा सत्रको सहायक क्याम्पस प्रमुख तथा प्लस टु संयोजक शुशिल पन्थीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds