









तुलसीपुर, ६ मंसिर । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटीले लिएको सूचना प्रविधि तर्फको परीक्षामा दाङको तुलसीपुरमा रहेको माध्यामिक विद्यालय तुलसीपुर सेन्टर देशमै प्रथम भएको छ । सूचना प्रविधिको प्रथम सेमेस्टरको परीक्षामा सहभागी भएका ४३ जना विद्यार्थी मध्य ३५ जना विद्यार्थी प्रथम श्रेणीमा उत्तीर्ण भएपछि मावि सेन्टर देशमै प्रथम भएको हो । देशका विभिन्न स्थानमा रहेका २२ वटा क्याम्पसमा सूचना प्रविधि तर्फ पढाई हुने गरेको छ ।
दाङको देउखुरीमा रहेको आदर्श नमूना मावि निल भएको छ । यस विद्यालयबाट ३२ जना विद्यार्थी परीक्षामा सहभागी थिए । त्यसैगरी घोराहीमा रहेको सरस्वती माविबाट सहभागी भएका ३३ जना विद्यार्थी मध्य ४ जना मात्रै उत्तीर्ण भएका छन् । नतिजाको दृष्टिकोणले राम्रो भनिएको सिटिइभिटीको आफ्नै कलेज बनेपा पोलिटेक्निक इन्स्टिच्युटलाई समेत आफूहरूले टपेको बताउँदै मावि सेन्टरका प्राधानाध्यापक भागवत पौडेलले विद्यार्थीको लगनशीलता, पढाई प्रतिको रुचि, शिक्षकहरूको मेहनतका कारण सफल भएको बताउनुभयो । परीक्षाकाे नतिवा मंसिर ५ गते सिटीइभीटीले सार्वजनिक गरेकाे थियाे । यसैबीच प्रअ पौडेलले प्रथम श्रेणीमा उत्तीर्ण हुने विद्यार्थीहरूलाई बधाई समेत दिनुभएको छ ।


