दोर्ण के.सी.
तुलसीपुर, १६ माघ ।
लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले सहकारी मार्फत नागरिकलाई उत्पादनसँग जोड्न आवश्यक भएको बताउनु भएको छ । हाम्रो पहुँच बहुउद्देश्य सहकारी संस्था लिमिटेडको १७ औ वार्षिकोत्सवलाई तुलसीपुरमा सम्बोधन गर्दै उहाँले छरिएर रहेको पुँजीलाई एकीकृत र व्यवस्थीत गर्दै उत्पादनको माध्यमबाट नागरिकको आर्थिक अवस्थामा सुधार ल्याउन सकिने कुरामा जोड दिनुभएको हो । लुम्बिनी प्रदेशमा रहेका ८ सय सहकारीहरू मध्य हाम्रो पहुँच बहुउद्देश्य सहकारीले आफुलाई नमूनाको रुपमा विकास गरेको बताउँदै मन्त्री पन्थीले अन्य सहकारीका लागि हाम्रो पहुँच प्रेरणाको स्रोत भएको बताउनुभएको थियो । मैले हाम्रो पहुँच सहकारी संस्था लिमिटेडको कुरा धेरै पहिला सुनेको थिए । कुरा मात्रै हो की साँचिक्कै हो दोधारमा थिए । यहाँ आउँदा भनाई र गराइको तारतम्य मिल्यो । लुम्बिनी प्रदेशमा यति छिटो फड्को मारेका सहकारी छैनन् । यो महत्वपूर्ण अवसरमा धन्यवाद दिदैँ आगामी दिनमा यहाँहरूसँगसँगै रहने प्रतिवद्धता व्यक्त गर्दछु ।’ मन्त्री पन्थीले भन्नुभएको थियो । सहकारीको मूलमर्म भन्दा बाहिर गएर सञ्चालन रहेका सहकारीको पहिचान गरेर कारबाही गर्ने बताउँदै मन्त्री पन्थीले उद्देश्य अनुसार सञ्चालनमा रहेका सहकारीलाई प्रोत्साहन गर्ने बताउनुभएको थियो । सो अवसरमा लुम्बिनी प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष टिकाराम पोख्रेलले प्रदेशमा गठन भएका सहकारीहरू कस्तो अवस्थामा छन्, ठिक ढङ्गले चलेका छनकि छैनन्, त्यसका विषयमा अध्ययन गरिरहेको बताउनुभएको थियो । कार्यक्रममा सहकारीका अध्यक्ष शुक्रराज भण्डारीले सहकारीको वर्तमान अवस्था र आगामी पाँच वर्षे रणनीतिक योजनाका विषयमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा नेपाल पत्रकार महांघ दाङका वरिष्ठ उपाध्यक्ष ओपेन्द्र बस्नेत, तुलसीपुर उपमहानगरपालिका –६ का वडा अध्यक्ष दुजमान भण्डारी वर्षात, ७ का वडा अध्यक्ष रामबहादुर जिसी, साल्टट्रेडिङ घोराहीका प्रमुख राम बाबु गुप्ता, सहकारीका सल्लाहकार भरत भण्डारी, तुलसी सहकारीका भाष्कर राज गौतम बाघमारे सहकारीका चुडामणि कडेल, नारी जागरण सहकारीका सचिव सिता चन्द लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । सोअवसरमा रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर वसन्त पौडेल, व्यवसायी मोहनलाल घर्ती लगायत विभिन्न क्षेत्रमा उत्कृष्‍टता हासिल गर्नेहरूलाई सम्मान गरिएको थियो । सो अवसरमा विद्यार्थीहरूले विभिन्न नृत्यहरू प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन सहकारकीका जनक भण्डारी, डिआर भण्डारी रेखा शर्माले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds