दोर्ण के.सी.
तुलसिपुर,६ फागुुन ।
हालका वर्षहरूमा सामुदायिक विद्यालयप्रति विद्यार्थी तथा अभिभावकहरूको आकर्षण बढ्दै गएको छ । शिक्षाको गुणस्तर सुधार, अनुभवी शिक्षकहरूको व्यवस्थापन, आधुनिक प्रविधिको प्रयोग, र विविध शैक्षिक कार्यक्रमहरूले सामुदायिक विद्यालयप्रति विश्वास पुनःस्थापित गरेको देखिएको छ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले “सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न विभिन्न सुधार कार्यक्रमहरू लागु गरिएकै कारण विद्यार्थीहरूको संख्या वृद्धि भएको एक कार्यक्रमका बिच जोड दिनुभएको छ ।“कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका नगरप्रमुख खड्काले शिक्षाको स्तर वृद्धिका लागि स्थानीय समुदाय र सरकारबिच समन्वय अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभएको थियो । तुलसिपुर उपमहानगरपालिका वडा न ३ मा रहेको सरस्वती माविको ४८ औ वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख खड्काले सो कुरामा जोड दिनुभएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्षक तर्णबहादुर खड्काको अध्यक्षता सम्पन्न सो कार्यक्रममा सामाजिक विकास समिति संयोेजक मानबहादुर रावत,वडा न ३ वडाध्यक्ष वीरबहादुर विक ,शिक्षा शाखा प्रमुख चक्रबहादुर भण्डारी , विद्यालयका पूर्व अध्यक्ष वसन्तप्रसाद न्यौपानेले शुभकामना मन्तव्य व्यक्त दिनुभएको थियो । कार्यक्रममा उत्कृष्ट शिक्षका रूपमा शोभाराम डाँगी,विमला आचार्य,ज्ञानु केसी र कविता बुढालाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक प्रकाश शर्माले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds