सरस्वती चौतारा माविको ३३ औँ वार्षिकोत्सव तथा भवन उद्वघाटन समारोह सम्पन्न

Byदोर्ण के.सी.

११ माघ २०८१, शुक्रबार १८:५६ ११ माघ २०८१, शुक्रबार १८:५६ ११ माघ २०८१, शुक्रबार १८:५६


दोर्ण के.सी.
सल्लीवन ११ माघ
तुलसीपुर उपमहानगरपालिका ९ सल्लीवन स्थित सरस्वती चौतारा माध्यमिक विद्यालयले ३३ औं वार्षिकोत्सव तथा भवन उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार विद्यालयको प्राङ्गणमा एक कार्यक्रमको आयोजनासँगै ३३ औ वार्षिक उत्सव तथा भवन उद्घाटन कार्यक्रम सम्पन्न गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक बहादुर डाँगीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको प्रमुख अतिथ्यता एवं तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीको विशिष्ट अतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष घनश्याम ढकाल, वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर किशोर खत्री, लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य मुक्तिप्रसाद न्यौपाने, उद्योगी रूप

बहादुर खत्री, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष कान्तप्रसाद खरेल, विद्यालयका पूर्व विद्यार्थी टंक मल्ल, विद्यार्थी निशा के.सी. लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विद्यालयको प्रगति प्रतिवेदन प्रधानाध्यापक लक्ष्मी न्यौपानेले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक चक्रबहादुर डाँगीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक बुद्धिराम काफ्लेले गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरूले नृत्य गीत कविता लगायत विभिन्न प्रतिभाहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयका विभिन्न क्रियाकलापहरूमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । संघीय सरकारको एक करोड बढी लागतको ८ कोठे भवनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री चौधरीले गर्नुभएको थियो । कार्यक्रममा विद्यालयको प्रगति प्रतिवेदन प्रधानाध्यापक लक्ष्मी न्यौपानेले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक चक्रबहादुर डाँगीको स्वागत मन्तव्यबाट सुरूभएको कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक बुद्धिराम काफ्लेले गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरूले नृत्य गीत कविता लगायत विभिन्न प्रतिभाहरू प्रस्तुत रहहेको सो कार्यक्रममा विद्यालयका विभिन्न क्रियाकलापहरूमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । संघीय सरकारको एक करोड बढी लागतको ८ कोठे भवनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री चौधरीले गर्नुभएको हो । कार्यक्रममा विद्यार्थीहरूले नृत्य गीत कविता लगायत विभिन्न प्रतिभाहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयका विभिन्न क्रियाकलापहरूमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds